काँग्रेस चापाकोटः मेयरमा १३ र उपमेयरमा ८ जनाको आकांक्षा

२०७८ चैत्र २२, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चापाकोट, २२ चैत । स्थानीय तहको निर्वाचन वैशाख ३० गते हुने नेपाली काँग्रेस चापाकोटबाट नगरपालिकाको मेयर पदमा उम्मेदवार बन्नको लागि १३ र उपमेयरमा ८ जनाले आकांक्षा देखाउनुभएको छ ।

चापाकोट नगरपालिकामा आज भएको छलफलमा वर्तमान मेयरसहित १३ जनाले मेयर बन्नलाई आकांक्षा देखाउनुभएको चापाकोट नगरपालिकाका नगर कार्य समितिका सचिव विश्वास पुरीले जानकारी दिनुभयो ।

हालका मेयर शिव कुमार गिरी सँगै कमल रेग्मी, रामबहादुर श्रेष्ठ, देवबहादुर खाँण, रामचन्द्र पंज्ञानी, गोपालप्रसाद भट्टराई, विन्दु कोइराला, कमल घिमिरे, जुद्धप्रसाद घिमिरे, गायत्री आचार्य, विमला श्रेष्ठ, सुन्दर भण्डारी र सुन्दर विक्रम खाँणले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि मेयर उम्मेदवार बन्ने आकाक्षा देखाउनुभएको छ ।

त्यसै गरी उपमेयरमा ईशा राना, सिर्जना वस्ती, प्रणिमा आचार्य, विमला काफ्ले, देवका न्यौपाने, जीता राना, इन्द्रकुमारी खाँण र टिकाराम तिवारीले आकाक्षा देखाउनुभएको छ ।

नगरपालिकाको मेयर र उपमेयर पदमा उम्मेदवार बन्न आकांक्षा व्यक्तिहरुको नाम नेपाली काँग्रेस चापाकोट नगर कार्यसमितिको भोलि बस्ने भेलाले माथिल्लो समितिमा पठाउने तयारी भइरहेको नगर सचिव पुरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय