टिकट बाँडफाँटमा विवाद हुँदा कांग्रेस नेताबीच कुटाकुट, गाउँपालिका अध्यक्ष घाइते

२०७८ चैत्र २३, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

धादिङ, २३ चैत ।  बैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि टिकट बाँडफाँटको विषयमा विवाद हुँदा धादिङ कांग्रेसका नेताहरूबीच कुटाकुट भएको छ । कुटाकुटमा गाउँपालिका अध्यक्ष घाइते हुनुभएको छ ।

कुटकुटमा नेपाली कांग्रसका नेता तथा खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ घाइते हुनुभएको हो। अध्यक्ष तामाङको अनुहारमा चोट लागेको छ । उहाको अवस्था सामान्य रहेको प्रहरीले जानकारि दिनुभयो ।

अध्यक्षमाथि कुटपिट गर्ने एकजनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय