स्याङ्जा काङ्ग्रेस क्षेत्र नं २ ख का उम्मेदवारको टुङ्गो भोलिसम्म लाग्ने

२०७९ बैशाख ४, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

साधना न्यौपाने
स्याङ्जा ४ बैशाख । नेपाली कांग्रेस स्याङ्जा संघीय निर्वाचन क्षेत्र नं २ प्रदेश निर्वाचन क्षेत्र “ख“को वैठक गल्याङको पार्टी कार्यलयमा सम्पन्न भएको छ । संघीय निर्वाचन क्षेत्र नं २ प्रदेश निर्वाचन क्षेत्र “ख“का सभापती महेश भटराईको अध्यक्षता तथा सचीव,रमेश बस्याल र गोकर्ण भटराईको सन्चालनमा भएको वैठकले विभिन्न महत्वपुर्ण निर्णयहरु गरेको छ ।

नेपाली कांग्रेस जिल्ला कार्यसमीतीले प्रदेश ख अन्तरगत पर्ने २६ वटै वडामा र पालिका अन्तर्गत वडा अध्यक्ष तथा सदस्य हरुको उम्मेदवारी सम्बन्धमा ,निर्वाचन नजीकीदै गर्दा २ ख अन्तरगतको प्रदेश अन्तर्गत रहेको तीन पालिका चापाकोट ,गल्याङ नगरपालिका र कालीगण्डकी गाउपालिका अन्तर्गत का २६ वटा हरुमा वडा अध्यक्ष लगाएत सदस्य का आकाङ्क्षि हरु का बिचमा छलफल गराइ सकेसम्म सहमति का साथ संख्या घटाइ मिति २०७९ साल बैशाख ५ गते भित्र प्रदेश कार्य समितीमा पठाउनको लागि सम्बन्धित पालिका का कार्य समितिलाई लेखी पठाउने साथै तिनै वटा पालिका  प्रमुख र उपप्रमुख समेत को नाम सिफारिस गरि पठाउन निर्देशन दिने सर्बसहमत निणय गरिएको छ ।

आसन्न २०७९ बैशाख ३० गते हुन गइरहेको स्थानीय निर्बाचन को सम्बन्धमा केन्द्रिय कार्यसमिति बाट घर घर जाउ काङ्ग्रेस जिताउ भने अभियान अन्तर्गत यस प्रदेश मा रहेको २६ वटा वडामा गइ टोल कार्यसमिति गठन गरि टोल टोल मा पाटिको कार्यक्रम सम्पन्न गर्नु भएका र यस प्रदेश बाट जिम्मेवारी लिइ आफ्नो कार्य सफलता पुर्बक सम्पन्न गर्नु हुने सम्पुर्ण मा यस कार्यसमिति बाट हार्दिक धन्यवाद दिएको छ । त्यस्तै वैठकमा नेपाली कांग्रेस स्याङ्जा संघीय निर्वाचन क्षेत्र नं २ प्रदेश निर्वाचन क्षेत्र “ख“ भित्र पर्ने नगर तथा गाउपालीकाका सभापतीहरु, पनी उपस्थीती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय