एमाले रामेछापले टुंग्यायो सबै पालिका प्रमुखका उम्मेदवार

२०७९ बैशाख ११, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

रामेछाप ,११ बैशाख । स्थानिय तहको निर्वाचनका लागि नेकपा एमाले रामेछापले जिल्लाका दुुई नगरपालिका र ६ गाउँपालिका गरी ८ वटै स्थानिय तहको प्रमुख र उप–प्रमुख पदको टुुङ्गो लगाएको छ । एमाले रामेछापले मन्थली नगरपालिकाको प्रमुखमा लव श्रेष्ठ र उप–प्रमुखमा इश्वरी बस्नेतलाई अघि सारेको छ । त्यसैगरी रामेछाप नगरपालिकाको प्रमुखमा रोशन पाख्रीन र उप–प्रमुखमा सिता केसी, उमाकुुण्ड गाउँपालिकाको प्रमुखमा पुनः शेरवहादुर सुनुवार र उपाध्यक्षमा गंगा कार्कीलाई अघि सारेको छ

त्यसैगरी गोकुलगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पुनः यसअघिका अध्यक्ष खड्गबहादुुर सुनुवार र राधिका श्रेष्ठलाई नै उम्मेदवार वनाएको नेकपा एमाले रामेछापका जिल्ला अध्यक्ष आनन्द श्रेष्ठले जानकारी दिए । त्यस्तै लिखु तामाकोशी गाउँपालिकाको अध्यक्षमा कमल कडेरिया र उपाध्यक्षमा दिपा पाख्रिनलाई उम्मेदवार बनाएको छ । दोरम्बा शैलुुङ्ग गाउँपालिकाको अध्यक्षमा टंक चौलागाई र उपाध्यक्षमा मुना कडेल, सुनापति गाउँपालिकाको अध्यक्षमा ज्ञानकुमार योञ्जन र उपाध्यक्षमा रीता गौतम तथा खाँडादेवी गाउँपालिकाको अध्यक्षमा ज्ञानकुमार श्रेष्ठ र उपाध्यक्षमा रमा घिसिङलाई उम्मेदवार बनाएको छ ।

नगरपालिका र गाउँपालिकाको प्रमुख र उपप्रमुख पदमा उम्मेदवार दिने व्यक्तिहरु छनौट गरेपछि जिल्लाका ६४ वटै वडाका वडाअध्यक्षहरुको पनि उम्मेदवारको टुंगो लगाउने काम भइरहेको नेकपा एमाले रामेछापले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय