गल्याङ् मेयरका उम्मेदवार भट्टराई भन्छन्–राजनीतिलाई पेसा होइन, सेवा बनाउनुपर्छ

२०७९ बैशाख २६, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 4 मिनेट

स्याङ्जा , २६ वैशाख। चुनावको दिन नजिकिदै गर्दा स्याङ्जाको गल्याङ नगरपालिकामा पनि चुनावी माहोल तिब्र बनेको छ । यहाँ माओवादी केन्द्रको तर्फबाट घनश्याम भट्टराई मेयरको उम्मेदवारको रुपमा चुनावी प्रतिस्पर्धामा उत्रेका छन् । गण्डकी काठमाडौं सम्पर्क समन्वयको सदस्य भट्टराई सफल युवा उद्यमी हुन् । उनी जनयुद्धकालमा माओवादीका भूमिगत नेताकार्यर्तालाई सेल्टर दिने र सहयोग गर्ने क्रममा माओवादीले उठाएका मुद्धा र एजेन्डाबाट प्रभावित भएर माओवादी प्रति आर्कषित बताउछन् । वि।सं। २०५८ सालमा माओवादीको सदस्यता लिएका भट्टराई जागिर, बैदेशिक रोजगारको कारण संक्रिय राजनीतिमा नदेखिएको भए पनि पार्टीका फरक फरक मोर्चामा निरन्तर रहेको बताउने गर्दछन् ।

कालिगण्डकी जलविद्युत आयोजनाको कर्मचारी, कोरियाको बैदेशिक रोजगारी पश्चात व्यावसायसँगै राजनीतिमा संक्रिय घनश्यामले राजनीतिलाई सेवा भन्दा पेसा बनाउने प्रवृतिलाई निरुत्साहित गर्न आफु गल्याङको मेयरको उम्मेदवार बनेको बताए । उनले भने,“मान्छेको पेसा छैन, व्यावसाय छैन, जनप्रतिनिधि बनेर भष्ट्राचार गर्ने मानसिकता पालेर राजनीतिलाई व्यावसाय बनाएको छ । त्यसको विरुद्ध आम युवा सचेत भएर राजनीतिलाई विशुद्ध सेवाको रुपमा विकसित गर्न म मेयरको उम्मेदवार बनेको हुँ ।”

भट्टराईले गल्याङका अधिकांश युवा बैदेशिक रोजगारमा रहेको र आफु पनि त्यहि पृष्टभूमिबाट आएकोले आफ्नो उम्मेदवारी सम्पुर्ण वैदेशिक रोजगारमा रहेका युवाको भावनाको प्रतिनिधित्व भएको बताए । विदेशमा दुख गरेका युवाहरुको श्रम,शिप र पैसाको सहि सदुपयोग र उनीहरुलाइ व्यावसायी बनाउने योजनाका साथ आएको बाताए । साथै उनले मेयर बनेपछि नगरपालीकाको पैसाबाट मंगहो गाडि चड्ने र जनताको करमा रजाई गर्ने प्रवृति रहेको भन्दै आफुले नगरपालिकाबाट गाडि सुविधा नलिने बताए । भट्टराईले गल्याङमा प्रत्येक वाडमा एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने भन्दै आफुले चुनाव जितेलगत्तै नगरप्रमुखले चड्दै आएको गाडिलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने बताए ।

उनले आफु सबै पार्टी र जनतासँग सहकार्य गर्दै नगरको समुन्नतीमा जनताको सेवक बन्न चाहेको बताएका छन् । गल्याङ नगरपालिकाको श्रोत र साधनले धैरै काम गर्न सकिने बताउने घनश्यामले मतदाता सामु आफ्ना प्रतिबद्धता अघि सारेका छन् ।

यस्ता छन् घनश्यामका चुनावी प्रतिबद्धता 

कृषिः
१।किसानको खेतीयोग्य जमिनको माटो परिक्षण, जमिनको बनोटको ढाँचा परिवर्तन ९जस्तै ओरालो जमिनलाई समथर बनाउने० उपयुक्त बीउबीजन र उत्पादनमा सहजीकरण गर्ने।
२।प्रत्येक वडामा कृषि तथा पशु प्राविधिकको नियुक्ति गरी कृषकहरुलाई उपयुक्त कृषि ज्ञान सीप र संरक्षणको प्रत्याभूति दिलाउने।
३।कृषि सम्बन्धी नीति निमार्ण गरी कार्यान्वयन गराउने।
४।स्थानीय उत्पादनलाई भण्डारण गर्न कोल्ड स्टोरको निर्माण गरी बजारीकरणको व्यवस्था गर्ने।
५।सिंचाइ हुन सक्ने क्षेत्रको पहिचान गरी सम्भव भएसम्मको क्षेत्रको सिंचाइ गर्ने।
६। प्राङ्गारिक मल तथा आयुर्वेदिक औषधि बनाउने सीप तथा तालिमको व्यवस्था गर्ने।
७ं।वातावरण अनुकूल नगदेबाली, जडिबुटी, पशुपन्छीको उचित उत्पादन वितरण र व्यवस्थापन साथै नियन्त्रण गर्ने।
८।कृषि फार्मलाई पूर्वधार निर्माण तथा हरित गृह निर्माणमा अनुदान तथा सहयोग उपलब्ध गराउने।

शिक्षाः
१।प्रत्येक सरकारी तथा सामुदायिक विद्यालयको स्तर उन्नति गर्ने।
२।मापदण्डको मूल्याङ्कन गरी भवन, फर्निचर, ल्याब, पुस्तकालय, कम्प्युटर, इन्टरनेट आदिको राम्रो सुविधा दिने।
३ प्रत्येक वडामा एक प्राविधिक विद्यालय अनिवार्य गर्ने।
४।निजी विद्यालयलाई सामुदायिकिकरण गर्नमा प्रोत्साहित गर्ने ।
५।सरकारी विद्यालयको पाठ्यक्रमलाई नेपाली तथा अंग्रेजी माध्यममा पढाउने।
६।टाढा विद्यालय भएको गाउँलाई प्राथमिक शिक्षा उक्त गाँउमै दिने व्यवस्था मिलाउने र हरेक सामुदायिक विद्यालयलाई स्कुल बसको व्यवस्था गर्ने ।
७।कक्षा १० भन्दा माथिको शिक्षा व्यावसाहिक र प्रयोगात्मक बनाउन जोड दिने।
८।संस्कृत पाठशालाको निर्माण गर्ने ।
९। शिक्षकको क्षमता अभिविद्धि गर्न तालिम र प्रोत्साहनको व्यवस्था गर्ने ।

स्वास्थ्यः
१। प्रत्येक वडामा एउटा एम्बुलेन्सको व्यवस्थापन गर्ने।
२।वडा वडामा स्वास्थ्य सम्बन्धी जनचेतनामुलक कार्यक्रम संचालन गर्ने।
३।प्रत्येक टोल–गाउँमा महिनाको एकपटक घुम्ती स्वास्थ्य शिविरहरु लैजाने।
४।दीर्घ रोगीहरुको पहिचान गरी बेलाबेलामा स्वास्थ्य परीक्षण घरमै गरिदिने।
५।विद्यार्थी छात्राहरुलाई निःशुल्क स्नीटरि प्याडको व्यवस्थापन गर्ने ।
६।नवजात शिशु हेरचाह तथा सुत्केरी आहारको व्यवस्था गर्ने।
७।हरेक वार्डमा प्राथमिक उपचार सम्बन्धि तालिम दिने।
८।स्वास्थ्य केन्द्रहरु आवश्यक अनुसार थप गर्ने।
९। जाँड रक्सि बेच्न लाइसेन्सको व्यवस्था गर्ने त्यसलाई सिमितता गर्ने ।
१०। फोहोरलाई मोहोरको रुपमा फोहोर मैलाको व्यवस्थापन गर्ने ।

खानेपानीः
१।खानेपानीको शुद्धता परीक्षण गर्ने।
२।सुरक्षित खानेपानी एक घर एक धाराको व्यवस्थापन गर्ने साथै संघसंस्था ,चोक तथा चौतारीहरुमा आवश्यकता अनुसार खानेपानीलाई व्यवस्थित गर्ने।
३।पानीका मुहान, पँधेरा कुवा आदिको संरक्षण गर्ने।
४।गाई वस्तु तथा जंगली पशुपन्छीको लागि ठाउँठाउँमा पोखरी तथा कुवाको निर्माण गर्ने।
५।वातावरणीय पर्यावरणलाई बरकरार राख्न टाकुराहरुमा तथा पखेराहरुमा वर्षातको पानी संकलन हुने गरी ठूला तथा मझौला र साना पोखरीहरु निर्माण गर्ने।
६।प्रत्येक वर्ष खुइलिएका डाँडा र पाखा–पखेरामा वृक्षारोपण गर्ने।

यातायातः
१।प्रत्येक बस्तीमा सडकको पहुँच पुर्याउने।
२।जनघनत्व अनुसार सडक चौडा गर्ने।
३।सडकको कुनामा नालीको अनिवार्य निर्माण र छेउमा मानिस तथा जनावरको लागि पैदल हिंड्ने पेटि अनिवार्य निर्माण गर्ने।
४।सडक सम्भव भएसम्म पिच गर्ने, सम्भव नभएकालाई अनिवार्य ग्रावेल गर्ने।
५।सडकबत्ती अनिवार्य राख्ने। दुर्घटना न्यून गर्न सडक तथा सवारी संकेतहरूको व्यवस्थापन गर्ने

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय