मोरङको बूढीगङ्गामा कांग्रेसको जित

२०७९ जेष्ठ ५, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

विराटनगर, ५ जेठ । गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा मोरङको बूढीगङ्गा गाउँपालिकाको अन्तिम मतपरिणाम आजसार्वजनिक भएको छ ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार अध्यक्ष पदमा नेपाली कांग्रेसका जीतनारायण थापा मगरले आठ हजार २९९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का बलभद्र सरदार थारुले सात हजार ८८० मत प्राप्त गर्नुभएको थियो ।

उपाध्यक्षमा कांग्रेसकी अमृताकुमारी गच्छदारले नौ हजार ५० मत प्राप्त गरी विजयी हुनु भएको छ भने उहाँको प्रतिद्वन्दी एमालेका तुलसीकुमारी कुंवरले छ हजार २२३ मत प्राप्त गर्नुभएको थियो ।

विगतमा एमालेको वर्चस्व रहेको सो पालिकामा यस वर्षको निर्वाचनमा पाँच वडामा वडाध्यक्ष पदमा कांग्रेस, एमाले र अर्कोमा नेकपा(माओवादी केन्द्र)का उम्मेदवारले जित हासिल गरेका छन् । जिल्लामा अब नौ वटा पालिकाको अन्तिम मतपरिणाम आउ बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय