श्रम मन्त्रालयको पुन:एकीकरण परियोजनामा कोइकाको ९६ करोड अनुदान

२०७९ जेष्ठ १७, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,१६ जेठ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग(कोइका) का नेपाल देशीय निर्देशक सुङहुन कोबीच शिष्टाचार भेटवार्ता भएको छ । सोमबार अपराह्न मन्त्रालयमा भएको भेटमा उहाँहरुबीच इपिएस मार्फत कोरिया गइ फर्किएका नेपालीहरुको लागि संचालन हुने परियोजनाका साथै नेपाल र दक्षिण कोरिया सरकारबीचको सम्भावित साझेदारीका बिषयमा विचारविमर्श भएको थियो ।

इपिएस मार्फत कोरिया गइ फर्किएका नेपालीहरुको लागि संचालन हुने परियोजनामा कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)ले आठ मिलियन अमेरिकी डलर अर्थात करिव ९६ करोड रुपैंया सहयोग प्रदान गरेकोमा मन्त्री श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभयो । कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)ले उपलब्ध गराएको उक्त रकम सम्वद्ध सरकारी निकायको क्षमता अभिवृद्धि, पुनस्एकीकरण सम्वन्धी सूचनामा पहुँच, कोरियाबाट फर्केर आएका नेपालीहरुको उद्यमशिलता सम्वन्धी क्षमता अभिवृद्धि र वित्तिय पहुँचमा खर्च हुनेछ । उक्त रकम नेपाल सरकारको बजेट प्रणालीमा आवद्ध भइ संचालन हुनेछ । कोरियामा ६५ हजारभन्दा बढी नेपाली श्रमिकहरु ईपीएसमार्फत गएका छन् । उनीहरू स्वदेश फर्किएपछि पुनःएकीकरण र सीपमूलक तालिमका लागि कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले सहयोग उपलब्ध गराएको हो ।

मन्त्री श्रेष्ठले आगामी आर्थिक बर्षमा सातवटै प्रदेशमा सीप विकास तालिम प्रतिष्ठान संचालन गर्ने सरकारको योजना रहेको बताउनुहुँदै कोरिया सरकारसँग सहकार्यको लागि इच्छुक रहेको उल्लेख गर्नुभएको थियो । दक्षिण कोरिया सरकारले रोजगार अनुमति प्रणाली(ईपीएस)अन्तर्गत रोजगारीबाट करारअवधि सकिएर फर्किएका कामदारलाई पुनः एकीकरण तालिम सञ्चालन गर्न गण्डकी, बागमती, लुम्विनीमा पुर्वाधार निर्माण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार