बजेट भित्र सिद्धार्थ राजमार्ग खोज्दै सांसद मोहन पाण्डे

२०७९ जेष्ठ १७, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ,१७ जेठ । आर्थिक वर्ष २०७९-८० बजेट विनियोजनको सन्दर्भमा आज बसेको प्रतिनिधिसभाको वैठकमा नेपाली काङ्ग्रेसका नेता एवं संघीय सांसद मोहन पाण्डेले आर्थिक वर्ष २०७९-८० को बजेटमा सिद्धार्थ राजमार्गमा अर्थमन्त्रीको ध्यान नपुगेको कुरा प्रती आप्पती जनाउनुभएकाे छ ।

आज भएको प्रतिनिधिसभाको वैठकमा बोल्दै अन्य राजमार्गलाई बजेट विनियोजन हुँदै गर्दा सिद्धार्थ राजमार्गमा बजेट नआउदा जनगुनासो बढ्डै गएको कुरा पाण्डेले बताउनुभयाे ।सांसद पाण्डेले सिद्धार्थ राजमार्गलाई १०० कि.मि भित्र कायम गर्ने गरि पोखरा देखि स्याङ्जा र प्रवास देखि पिपलडाडा अनि दोभान देखि बुटवल सम्म डिपिआर तयार गरि सुरुङ मार्ग निर्माण गरि पश्चिम् क्षेत्र उकास्न सकिने भन्दै राजमार्ग निर्माण गरिनु पर्ने कुरामा जोडदार माग गर्नुभयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार