स्मार्ट सिटि वालिङ देखी हुवास सम्म बाटो स्तर उन्नती गर्न सांसद पाण्डेको आग्रह

२०७९ जेष्ठ २८, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाण्डौ , २८ जेठ । प्रतिनिधीसभाका सदस्य मोहन पाण्डेले प्रतिनिधीसभाको वैठकमा स्याङ्जाको वालिङ देखी पर्वतको हुवाससम्म बाटोको स्तर उन्नती गर्न आग्रह गर्नुभएको थियो।
लामो समय देखि यात्रुहरुले वालिङ देखि हुवासम्म यात्रा गर्दा कठिनाइ कठिनाई बेहोर्नु परेको बेला सांसद पाण्डेले उक्त विषयमा आवाज उठाउनु भएको हो ।

पाण्डेले मिर्दी देखि भिमाद सम्मको सडक ,भिरकोट बयरघारी देखि ढापुक,ठुलिभन्ज्याङ हुँदै पर्वत सम्म जाने सडकको विषयमा आफ्ना धारणा राख्नुभएको थियो ।

वालिङका विभिन्न ग्रामीण भेगमा भएको खानेपानीको समस्या हटाउन पाण्डेले खानेपानी मन्त्रालयलाई बजेट विनियोजन गर्न पनि आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय