स्याङ्जा समन्वय समितिको प्रमुख नेपाली कांग्रेसलाई

२०७९ जेष्ठ २९, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा २९ जेठ । जिल्ला समन्वय समिति स्याङ्जामा नेपाली कांग्रेस र नेकपा एमालेबीच समन्वयगरी समिति बन्ने भएको छ ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच बसेको बैठकले गोलाप्रथाद्धारा प्रमुख र उपप्रमुख ट्ंग्याउने सहमति बनेको थियो । सहमति बमोजिम प्रमुख सहित ४ सदस्य नेपाली कांग्रेसलाई र उपप्रमुख सहित ५ सदस्य नेकपा एमालेलाई चिट्टा परेको छ ।

जिल्ला समन्वय समितिको कार्यालयमा शनिवार नेपाली कांग्रेसका सभापति राजु थापा र नेकपा एमालेका अध्यक्ष सूर्यप्रसाद गैह्रैले गोला तान्दा सो नतिजा आएको हो । गोला तान्दा दुबै राजनीतिक दलका नेता तथा कार्यकर्ता सहितको उल्लेख्य सहभागिता थियो ।

एघार स्थानीय पालिका रहेको स्याङ्जामा नेपाली कांग्रेस र नेकपा एमालेका ११÷११ गरी बराबर मतदाता रहेपछि दुबै राजनीतिक दलले गोलाप्रथाद्धारा टुंग्याउनेगरी सहमति बनेको थियो । यो संगै अव आइतवार दुबै राजनीतिक दलले आ आफना उम्मेदवार सहित मनोनयन गराउने तयारीमा जुटेका छन् । जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख सहित ९ सदस्य रहने प्रावधान छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय