संसदीय छानबिन समितिले बुझायो रुकुम घटनाको प्रतिवेदन

२०७७ असार ३०, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

३० असार, काठमाडौं । रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिकामा दलित युवक हत्याबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले सोमबार सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको छ ।

सोमबार सिंहदरबारस्थित संसद सचिवालयमा नै पुगी संसदीय समितिका संयोजक देवेन्द्र पौडेलले प्रतिवेदन बुझाएका हुन् ।

प्रेमिकासँग विहे गर्न भनी रुकुमको चौरजहारी नगरपालिका सोती आएका जाजरकोटको भेरी नगरपालिकाका नवराज विक र उनका साथीहरु केटी पक्षका आफन्तको आक्रमणबाट मारिएका थिए । उक्त घटनामा ६ जनाको मृत्यु भएको थियो ।

सांसदहरुले उक्त घटनाबारे संसदीय छानबिन हुनुपर्ने माग गरेपछि गत जेठ २६ गते बसेको प्रतिनिधिसभा बैठकले सांसद पौडेलको संयोजकत्वमा नौ सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय