दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

२०७७ चैत्र १३, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, चैत १३ । पछिल्लो समय सरकारी कलेजहरु दलालहरुको पैसा कमाउने थलो बनेको छ । विद्यार्थीहरुको भर्ना गराउने नाममा दलालहरुले चर्को रकम असुल्ने र भर्ना पक्रियामा पैसाको चलखेल गर्ने प्रवृति यतीबेला हाबी बनेको छ । शुक्रबार काठमाडौंमा रहेको शंकरदेब क्यामपस पनि दलालहरुको पैसा कमाउने हब बनेको पाइएको छ । शुक्रबार क्याम्पस परिसरबाटै क्याम्पसको व्यवस्थापन संकायमा भर्ना गराईदिने भन्दै गरिब तथा जेहेन्दार विद्यर्थीहरुसँग दलालले ३९ हजार नगद लिँदै गर्दा समातिएपछि क्याम्समा तहल्का मच्चिएको छ ।

घटनामा बिबेक बन्जाडे नाम गरेका व्यक्ती नगदसँगै समातिएका हुन । उनी सोही कलेजका विद्यार्थी हुन । उनीसँग घटनाको थप स्पष्टिकरण सोध्धा आफुँलाई बिबेक लामा घिसिङ नाम रहेका व्यक्तीले पठाएको बताएका छन । उक्त घटनामा संलग्न सम्पुर्णको खोजी कार्य भइरहेको छ भने उनलाई क्याम्पस प्रशासनले प्रहरीको जिम्मा लगाएको बताइएको छ । विबेक लामा ने.बि. संघका महामन्त्री मनोज बैध बिकट बिधार्थी नेता रहेका छन ।

त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा उच्च मुल्याङकन पाएको उक्त कलेजमा यस्तो खालको कन्तिविजोक अवस्था देखिँदा क्याम्पसको गरिमामाथि आँचा आएको विद्यार्थीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय