आई.सी.सी.प्रथम भलिबल प्रतियोगिताको उपाधि विरुवालाई,उत्कृष्ट खेलाडी बने अमृत

२०८१ कार्तिक ६, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पूजा खडका
स्याङ्जा,६ कार्तिक । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिती (आइ सि सि) ले संचालन गरेको भलिबल प्रतियोगितामा विरुवा गाउँपालिका प्रथम भएको छ ।

वालिङकाे खेल मैदानमा कार्तिक २ गतेदेखि संचालन भएको प्रतियोगितामा जिल्लाका ११ स्थानीय तहबाट ११ टिमको सहभागिता रहेको थियो । खेल सोमबार सम्पन्न भएको हो । उक्त भलिबल प्रतियोगितामा विरुवा गाउँपालिकाकै अमृत केसी उत्कृष्ट खेलाडी बन्नुभएको छ ।

सहभागी अन्य टिमलाई पछी पार्दै विरुवा गाउँपालिकाले प्रथम स्थान हासिल गरेको हाे । प्रथम स्थान हासिल गरेको पालिकाले एक लाख ५० हजार नगद सहित ट्रफि मेडम र प्रमाण पत्र प्राप्त गरेको छ ।

त्यसैगरि उपविजेता बनेको पुतलीबजार नगरपालिकाले एक लाख रुपैयाँ सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उक्त भलिबल प्रतियोगितामा भिरकोट नगरपालिकाले तेस्रो स्थान हासिल गरेको छ । तेस्रो स्थान हासिल गरेको पालिकाले ५० हजार ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । खेलमा कालीगण्डकी गाउँपालिकाले २५ हजार सहित सान्त्वना स्थान हासिल गरेको छ ।

प्रतियोगितामा विरुवागाउँ पालिकाका अमृत केसीले उत्कृष्ट खेलाडीको उपाधि हात पार्न सफल हुनुभएको छ । त्यसैगरी विरुवा गाउँपालिकाबाट नै उत्कृष्ट सटरमा मिलन राना, उत्कृष्ट ब्लकरमा सञ्जोक परियार र उत्कृष्ट क्विकरमा कमल सुनारले उपाधी हात पार्नु भएको छ । बाकी विधा अन्तर्गत उत्कृष्ट स्पाइकरमा सञ्जु विक्रम शाह र उत्कृष्ट सर्वरमा देबेन्द्र परियार पुतली बजार बाट रहनुभएको छ । त्यसै गरी उत्कृष्ट डिफेन्डरमा भिरकोटका जीत बहादुर नेपाली रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय