रहेनन् कांग्रेस नेता नवीन्द्रराज जोशी

२०७७ चैत्र १३, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

हिमलाल घर्ती

काठमाडौं, चैत १३ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ। ५७ वर्षीय जोशीलाई गत फागुन १४ गते मस्तिष्कघात भएको थियो।

मस्तिष्कघातपछि नर्भिक अस्पतालमा उपचाररत जोशीको शुक्रबार बेलुकी ८ बजेर २४ मिनेटमा मृत्यु भएको उनको उपचारमा संलग्न चिकित्सकहरूलाई उद्धृत गर्दै अस्पतालले पुष्टि गरेको छ।

अस्पतालले जारी गरेको विज्ञप्तिमा शुक्रबार बिहानदेखि नै जोशीको मुटुले काम गर्न छाडेको उल्लेख छ। जोशीलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

अस्पतालका सञ्चार तथा जनसम्पर्क अधिकृत सोमनाथ बाँस्तोलाले जोशीको निधन भएको बताए। जोशीका स्वकीय सचिव पुष्कर पाण्डेले जोशीको निधन भएको जानकारी अस्पतालले दिएको बताए।

जोशीलाई गत फागुन १४ मा मस्तिष्कघात भएको थियो। जोशीको उपचारमा अस्पतालका डाक्टर राजिब झा नेतृत्वको टोली सक्रिय थियो।

जोशीको उपचारमा सबै प्रयास जारी राखिएकै अवस्थामा निधन भएको अस्पतालका वरिष्ठ न्यूरो सर्जन डाक्टर झाले बताएको विज्ञप्तिमा उल्लेख छ। जोशीको श्रीमती र एक छोरी छन्।

साथै जोशीको निधनमा कांग्रेसका सभापति शेरबहादुर देउवाले दुस्ख व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार