नवमिर्मिले युवा क्लबको अध्यक्षमा छबि भट्टराई

२०७८ बैशाख ५, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कृष्ण बस्याल

स्याङ्जा बैशाख ५।  ४५ बर्ष लामो इतिहास बोकेको स्याङ्जा जिल्लाको नवमिर्मिरे युवा क्लब मिर्मीको अध्यक्षमा छबि भट्टराई चयन हुनुभएको छ । क्लबको सनिवार भएको ४५ औं साधारणसभाले भट्टराई अध्यक्ष चयन गरेको हो ।

वैदेशिक रोजगारीको शिलशिलामा बिदेशका विभिन्न शहर पुग्नु भएका भट्टराई पछिल्लो समय स्याङ्जा सहयोग समाज युएईको विभिन्न बिभाग रहि काम समेत गर्नु भएको थियो । सामाजिक क्षेत्रमा सक्रिय भट्टराई कृष्ण गण्डकी सहयोग समाज लगायतका सस्थामा समेत काम गरेको अनुभव बटुल्नु भएको छ ।

क्लबको भवनमा तत्कालीन अध्यक्ष नारायण भट्टराईको अध्यक्षमा भएको साधारणसभाको प्रमुख अतिथिमा कालीगण्डकी गाउँपालिका ७ का वडा अध्यक्ष मुक्ति प्रसाद भट्टराई रहनु भएको थियो भने बिशेष अतिथिमा मिर्मी बहुमुखी क्याम्पसका सहायक प्रमुख राम प्रसाद पाण्डे रहनु भएको थियो ।

केशव न्यौपानेको संचालनमा भएको उक्त अधिबेशनबाट उपाध्यक्षमा शंकर न्यौपाने र टिकाराम भट्टराई, सचीवमा  छबिलाल न्यौपाने, कोषाध्यक्षमा रमेश भट्टराई,सहसचिवमा  मनोज न्यौपाने र सदस्यहरुमा प्रदिप भट्टराई, जीवन भट्टराई, ध्रुब भट्टराई, युगराज  न्यौपाने, बिष्णु भट्टराई , सुमित्रा भट्टराई, बिष्णुमाया भट्टराई, प्रबिण भट्टराई रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय