पत्रकारलाई राहत कोष स्थापना

२०७८ बैशाख २७, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

२७ वैशाख, सिन्धुपाल्चोक । नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोकले कोभिड– १९ पत्रकार राहत कोष स्थापना गरेको छ । कोरोनाका मारमा परेका पत्रकारलाई राहत दिइने उद्देश्यले कोष स्थापना गरिएको हो ।

कोभिड– १९ सङ्क्रमणमा परेका शाखाका सदस्यलाई सहायता गर्ने उद्देश्यले कोष स्थापना गरिएको जिल्ला शाखाका अध्यक्ष जीवन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सो कोष पत्रकार महासङ्घ सिन्धुपाल्चोकले नै सञ्चालन गर्नेछ ।

सिन्धुपाल्चोकमा कोभिड– १९ को दोस्रो लहरमा एक पत्रकार सङ्क्रमित भइसकेका छन् । पहिलो चरणमा पनि १२ भन्दा बढी पत्रकारलाई सङ्क्रमण भएको थियो । कोषमा सहयोग गर्न चाहनेले पत्रकार महासङ्घ सिन्धुपाल्चोकको मेगा बैङ्क लिमिटेड चौतारा शाखाको खाता नं ०१४००६०००३७२२ मा रकम जम्मा गर्न सक्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार