स्याङ्जा जिल्लामा अक्सिजन वितरण गर्दै अटो इन्जिनियङ, स्याङ्जा

२०७८ बैशाख ३१, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट
हिमलाल घर्ती
३१ वैशाख स्याङ्जा । कोभिड – 19 को दोश्रो संक्रमणले देशभर अक्सिजन अभाव भैइरहेको बेला स्याङ्जामा अक्सिजन अभाव सिर्जना हुन नदिन अटो इन्जिनियङ स्याङ्जाले अभियान थालेको छ ।
उक्त अभियान अन्तर्गत अक्सिजन अभाव भएका जिल्लाका विभिन्न अस्पतालहरुमा अक्सिजनका सिलिन्डर वितरण गरेको छ । वालिङ्मा 11 वटा अक्सिजन सहितका सिलिन्डर उपलब्ध गराएको एसोसिएसनले आज गल्याङ नगर अस्पताललाई 5 वटा सिलिन्डर उपलब्ध गराएको छ ।
यसअघि लकडाउनको समयमा खाद्यान्न लिएर बस्तिबस्ती पुगेको एसोसिएसनले यस पटक भने जिल्लामा अक्सिजनको अभाव हुन नदिने अभियान थालेको छ । जसअन्तर्गत अक्सिजन सिलिन्डर संकलन गर्ने र अक्सिजन अभाव रहेको स्थान अक्सिजन उपलब्ध गराउने अभियान थालेको एसोसिएसन स्याङ्जाका अध्यक्ष राजु तिवारीले जानकारी दिनुभयो । उहाँले अक्सिजन आवश्यक परे एसोसिएसनलाई सम्पर्क गर्न पनि आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय