मन्त्री अर्यालको पहलमा स्याङ्जामा तयार हुनेभयो अक्सिजन प्लान्ट

२०७८ जेष्ठ ४, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

कल्पना भट्टराई बस्याल 

जेठ ४,स्याङ्जा । कृषि तथा पशुपंक्षी विकास मन्त्री पदमा कुमारी अर्यालको पहलमा स्याङ्जाको जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट तयार हुनेभएको छ ।

जेष्ठ ४ गते बसेको मन्त्री परिषदको बैठकले स्याङ्जा जिल्ला अस्पतालमा अक्सिजन प्लान्टको लागि १ करोड ५० लाख रकम विनियोजन गरेको छ । मन्त्री अर्यालले जेष्ठ २ गते स्याङ्जा जिल्लामा अक्सिजन प्लान्टको आवश्यकता भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बजेट माग गर्नुभएको थियो । कोभिडको दोस्रो भेरिएण्टले जिल्लामा अक्सिजनको अभाव भएको भन्दै जिल्लामा १ सय वेडको लागि आवश्यक पर्ने अक्सिजन प्लान्ट जडानको लागि आर्थिक भौतिक सहितको ब्यबस्था मिलाउन आग्रह गर्नुभएको थियो ।

आफ्नो गृहजिल्लामा अक्सिजनको अभाव हुन नदिने प्रतिबद्धता जनाउनु भएकी मन्त्री अर्यालले हालको संक्रमणको बाट बच्न जिल्लाको लागि आवश्यकता सबै स्वास्थ्य सामाग्री उपलब्ध गराउन आफु तयार भएको बताउनुभएको छ । हेर्ने कुरासंग कुराकानी गर्दै उहाँले हालको लागि सबै स्वास्थ्य मापदण्ड अनुसारको काम गरिने र यसको खोप आउन साथ जिल्लामा खोप लगाउने अभियान समेत चलाइने बताउनुभयो । “मलाई यो स्थानसम्म पुर्याउने मेरो लागी मेरा मतदाता भन्दा अरु कोहि हुन सक्दैनन् , मतदाताको ज्यान जोगाउन कुनै पनि कसर बाकी राख्ने छैन ।” मन्त्री अर्यालको भनाइ थियो ।

स्याङजामा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि जिल्लाका ११ वटै पालिकाको बैठकले निर्णय गरेको थियो । जिल्ला समन्वय समितिको पहलमा भएको बैठकले जिल्लामा प्लान्ट बनाउने निर्णय गर्दै नेपाल सरकारसँग आवश्यक सहयोगका लागि अनुरोध गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय