गणतन्त्र दिवशको अवसरमा अध्यक्ष गैरे द्वारा स्वास्थ्य सामाग्री वितरण

२०७८ जेष्ठ १५, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट
जेठ १५ स्याङ्जा । नेकपा (एमाले) स्याङ्जाका अध्यक्ष सुर्यप्रसाद गैरे ‘पारस’ ले गणतन्त्र दिवशको अवसरमा कोरोना अस्पताल र संक्रमितहरुलाई लक्षित गरेर स्वास्थ्य सामाग्री वितरण गरेका गर्नुभएको छ । स्याङ्जाको गल्याङ, चापाकोट, कालीगण्डकी, वालिङ र भिरकोटमा करिब ४  लाख रुपैयाँ भन्दा बढीको औषधी र स्वास्थ्य सामाग्री वितरण गर्नु भएको हो ।

गल्याङ, चापाकोट र कालीगण्डकीमा कोरोना संक्रमित भएका ३ सय जना विमारीहरुलाई आधारभुत औषधी घरमै लगेर बाँड्ने व्यवस्था मिलाउनु भएको छ । जसमा संक्रमितहरुलाई १० दिनको डोज मात्रा पुग्नगरि भिटामिन सि, भिटामिन डि, मल्टिभिटामिन, जिंक चक्की र सिटामोल उपलब्ध गराइएको छ । त्यस्तै सोहि प्रकारको औषधी भिरकोट नगरपालिकामा ५० जना संक्रमित विमारीलाई बाँड्ने व्यवस्था मिलाइएको छ ।

गल्याङ र कालीगण्डकीको अस्पतालमा भर्ना भएर उपचार गर्नुपर्ने अवस्था भएका विमारीहरुलाई लक्षित गरेर डेक्सोना इन्जेक्सन, पारासिटामोल इन्फुजेन इन्जेक्सन १/१ सय सेट, मास्क,  र सेनिटाइजर प्रसस्त मात्रामा प्रदान गर्नु भएको हो । त्यस्तै जिल्लामा रहेका ४ वटा एम्बुलेन्स चालक, कोरोना संक्रमितको उपचार र लाश व्यवस्थापनमा खटिने वालिङ दुई युवा, पार्टी कमिटी  र भिरकोटका युवाहरुलाई समेत सेनिटाइजर, मास्क थर्मगन  र पिपिई सेट प्रदान गर्नुभएको छ भने गल्याङ प्रहरी चौकीलाई पिपिई सेट, मास्क, थर्मगन हस्तानतरण गर्नुभएको छ ।

स्याङ्जामा कोरोना संक्रमितहरुलाई लक्षित गरेर व्याक्तिगत रुपमा यति धेरै रकम बराबरको औषधी र स्वास्थ्य सामाग्री वितरण गरिएको यो पहिलो उदाहरण हो । राजनीतिका अलावा सामाजिक क्षेत्रमा समेत सक्रिय हुँदै आउनुभएका गैरेले गतबर्ष कोरोनाको महामारीमा  पनि निम्न बर्गलाई लक्षित गरेर लाखौं रुपैयाँ बराबरको खाद्दान्न सामाग्री साथै जापानमा रहेकी आफ्नि श्रीमती बिनु गैरेको सहयोगमा भाइरस डिफेण्डर लगायतका स्वास्थ सामाग्री समेत वितरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय