सर्लाहीमा कांग्रेस वडा अधिवेशनमा विवादपछि गोली चल्यो

२०७८ मंसिर १२, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । सर्लाही जिल्लामा नेपाली कांग्रेसको वडा अधिवेशनमा विवाद हुँदा गोली चलेको छ । सर्लाहीको बलरा नगरपालिका–९ अचलगढमा वडा अधिवेशन चलिरहेको अवस्थामा विवाद हुँदा प्रदेश–२ का महिला बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहका पर्सनल सेक्युरेटी अफिसर (पीएसओ)ले गोली चलाएका हुन् ।

विवाद हुँदा मन्त्रीलाई समेत धकेलाधकेल गरिएपछि उनका पीएसओले गोली चलाएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले १ राउड हवाई फायर गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार