दुवै सदन मंसिर २८ का लागि आह्वान

२०७८ मंसिर १६, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १६ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन आह्वान गर्नुभएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले मंसिर २८ गतेका लागि अधिवेशन आह्वान गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार मंसिर २८ गते मंगलबार दिउँसो २ बजेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान भएको हो । राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा १ बमोजिम बैठक आह्वान गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार