काठमाडौँ, २ पुष । नेपाली कांग्रेसको सहमहामन्त्रीमा खसआर्यतर्फ किशोरसिंह राठौर निर्वाचित हुनुभएको छ । उहाँले निकटतम प्रतिस्पर्धी देवराज चालिसेलाई १७ मतले पराजित गर्नुभएको हो ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिकाअनुसार किशोरसिंहले २,५७६ मत पाएर विजयी हुँदा देवराजले २,५५९ मत पाउनुभएको छ । किशोरसिंहले देउवा र देवराज कोइरालाले प्यानलबाट उम्मेदवारी दिनुभएको थियो।