कांग्रेस निर्वाचन : ३५ खुला केन्द्रीय सदस्य निर्वाचित, देउवा पक्षको वर्चश्व

२०७८ पुष ४, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ४ पुस । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत ३५ जना सदस्यका लागि पुरुष खुलाको मतगणना सकिएको छ । पार्टी मुख्यालय सानेपामा शनिबारदेखि सुरु भएको मतगणना आइतबार राति सकिएको छ । निर्वाचनमा शशांक कोइराला सबैभन्दा बढी मतसहित निर्वाचित हुनुभएको छ ।

कोइरालासहित एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरि खतिवडा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, जिपछिरिङ लामा, अर्जुननरसिंह केसी, डा। रामशरण महत, दिलेन्द्रप्रसाद बडु, बलहादुर केसी, दिपक गिरी, गोपालमान श्रेष्ठ, जितजंग बस्नेत, नसिंह महर, सुनील बहादुर थापा, मोहनबहादुर बस्नेत, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, डा। गोविन्दराज पोखरेल, सञ्जयकुमार गौतम निर्वाचित हुनुभएको छ ।

यसैगरी दिनेश कोइराला, अजयबाबु शिवाकोटी, गुरु बराल, राजीव ढुंगाना, मदनबहादुर अमात्य, उमेशजंग रायामाझी, गणेश लामा, कृष्णकिशोर घिमिरे, डा। गोपाल दहित र मोहन आचार्य निर्वाचत हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार