माओवादी महाधिवेशन : बन्द सत्र सञ्चालन गर्न अध्यक्ष मण्डल गठन

२०७८ पुष १२, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, १२ पुस । माओवादी केन्द्रको आठौँ महाधिवेशनअन्तर्गत सोमबार मध्याह्नदेखि बन्द सत्र सुरु भएको छ । बिहान ११ बजेदेखि बन्द सत्र शुरू गर्ने बताइए पनि अध्यक्ष मण्डल गठनमा केही समय लागेकाले ढिला गरी सञ्चालन भएको हो ।

बन्द सत्र सञ्चालन गर्न सात सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ । अध्यक्ष मण्डलमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश साह, परशुराम तामाङ, परशुराम रम्तेल, पूर्णाकुमारी सुवेदी र रूपा श्रेष्ठ छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार