गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको जिम्मा भरतपुर महानगरले लिन्छ : मेयर दाहाल

२०७८ पुष २५, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

संघीय, प्रदेश सरकारसँग समन्वय गरेर रङ्गशाला निर्माण गर्ने अभियानमा भरतपुर महानगर जुटेको छ।महानगर प्रमुख रेणु दाहालले आफ्नो क्षमता र बलबुताले भ्याएसम्म भरतपुर महानगरले काम गरेको जिकिर गर्नुभयो। पहुँच भएकै आधारमा विकास भएको कुरा कहीँ कतै सत्य भएता पनि विकास पहुँचको आधारमा भन्दा पनि विकास गर्ने इच्छा शक्तिका कारण भएको दाहालको भनाइ छ। चितवन जिल्लाले देशकै राजनेतालाई चुनेका कारण चितवनको विकास हुनु स्वभाविक हो। प्रचण्डलाई निर्वाचित गरेरे कुरा चितवन बासीले सकारात्मक सन्देश दिएकाे दाहालकाे दाबी छ । प्रस्तुत छ हेर्नेकुराका लागि महानगर प्रमुख रेणु दाहालसँग गरिएको कुराकानी :

राजनैतिक केन्द्रबिन्दु रहेको चितवनमा नेकपा एमालेले महाधिवेशन गर्नुलाई कसरी लिनु भएको छ ?

चितवन जिल्लाको चर्चा, यहाँको विकासका कारणले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा भइरहेको छ। ठुला सभा,समारोह,राजनैतिक दलका महाधिवेशन हुने स्थान चितवनलाई बनाएका छौँ।

देशको राजधानी काठमाडौँ भएता पनि व्यावसायिक, आर्थिक केन्द्र, शैक्षिक स्तरमा, कृषिमा आत्मनिर्भर, सडक सञ्जालदेखि भौतिक निर्माणमा पूर्वाधार विकासले छलाङ मारेको कारण सबैको आकर्षण चितवन बनेको छ।

तपाईँको कार्यकाल सकिँदै जाँदा,भरतपुरको विकासमा भोलि अर्को जनप्रतिनिधि निर्वाचित हुँदा के यहीँ गतिमा विकास होला ?

भरतपुर महानगरमा जुन राजनैतिक दलको जुन सुकै व्यक्ति भोलि प्रमुखमा निर्वाचित भएता पनि महानगरको विकास निर्माणको गति रोकिने छैन। यस कारण रोकिने छैन कि हामीले महानगरलाई स्मार्ट सिटीको रूपमा विकास गर्ने मास्टर प्लान तयार गरिसकेका छौँ र महानगर दशकौँ सम्म हामीले तयार पारेको मास्टर प्लान अनुरूप समृद्धिको दिशामा अगाडी बढ्छ।

मेरो कार्यकाल सकिँदै जाँदा पुराना योजनालाई सम्पन्न गर्न केही नयाँ योजनालाई अगाडी बढाउन दिनरात नभनी काम गरिरहेका छाैँ ।

भरतपुर महानगरमा फेरि रेणु दाहाललाई महानगरको प्रमुखको उम्मेदवारको रूपमा देख्न पाइन्छ कि पाइँदैन ?

त्यो जनताको इच्छा,चाहना र विश्वासमा भर पर्ने कुरा हो। हामी जनताले सेवक हौँ। जनताले चाहाना राखेको खण्डमा महानगर प्रमुख मात्रै नभएर भोलि जनप्रतिनिधिका रूपमा उभिन सक्ने र सेवामा अनवरत लागिरहने कुरा स्वभाविक हाे ।

हामी महानगरको प्रमुख बन्ने अथवा प्रदेश,संघको जनप्रतिनिधि बन्ने भन्ने कुरामा जनताको चाहनामा भर पर्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय