भारतमा लगातार तेस्रो दिन पनि संक्रमित घटे

२०७८ माघ ११, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नयाँ दिल्ली, ११ माघ । भारतमा तेस्रो दिन पनि कोभिड संक्रमितको संख्या घटेको छ । पाँच दिनसम्म लगातार तीन लाख संक्रमित देखिएको भारतमा पछिल्लो २४ घन्टामा दुई लाख ५५ हजार ८७४ जना नयाँ संक्रमित भेटिएका छन् ।

यो अघिल्लो दिनको तुलनामा ५० हजार कमि हो । पछिल्लो २४ घन्टामा कोभिडबाट ६१४ जनाको मृत्यु भएको छ ।भारतमा अहिलेसम्म ३ करोड ९५ लाख ४३ हजार ३२८ जना कोभिडबाट संक्रमित भइसकेका छन् ।

भारतमा कूल संक्रमितको ५ दशमलब ६२ प्रतिशत सक्रीय संक्रमित छन् । अझै पनि २२ लाख ३६ हजार ८४२ सक्रीय संक्रमित छन् । भारतमा अहिले स‌ंक्रमणमुक्त दर ९३ दशमलब १५ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय