स्याङ्जामा जिप दुर्घटना दुईको मृत्यु

२०७८ माघ २२, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा,२२ माघ । शनिबार स्याङ्जामा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्याङ्जा जिल्ला बिरुवा गा.पा. ३ बस्ने २६ बर्षका चालक बेलबहादुर थापा र सोही ठाउंकै ३२ बर्षका भेषबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । बिरुवावाट खाली तफ जादै गरेको ग१ज.५९३९ न. जीप बिहान करिव ८ः२५बजेको समयमा बिरुवा गा.पा. ३ धोवादी स्थित भित्री सडक खण्डवाट ५०० मिटर तल खसेको थियो । गाडीमा सवार जम्मा दुई जना मात्र रहेको र दुवै जनाको घटना स्थलमै मृत्यु भएको थियो ।

लासलाई पोष्टमाटको लागी जिल्ला अस्पताल स्याङ्जा पठाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी राजेन्द्र अधिकारीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय