मृतावस्थामा गैँडा फेला

२०७८ माघ २५, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चितवन, २५ माघ । चितवन राष्ट्रिय निकुञ्जको बाघमारा पोष्ट नजिकै काभ्रेताल छेउमा अन्दाजी दुई वर्षको गैँडा मृतावस्थामा फेला परेको छ ।

बाघको आक्रमणबाट गैँडा मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । गैँडाको खुर सुरक्षित रहेको र उमेरका कारण खाग पलाउने अवस्था नरहेको उहाँले बताउनुभयो । निकुञ्जमा चालू आर्थिक वर्षमा दुई चोरी शिकारी र २२ प्राकृतिक कारणले गैँडा मरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय