बन्द फूलबारी होटेल खुलाउन प्रदेश सरकारको चासो

२०७८ माघ २५, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

गण्डकी, २५ माघ । पर्यटकीय नगरी पोखरामा कुनै बेला देश विदेशबाट आउने खर्चालु पर्यटक बस्ने ठाउँका रुपमा चासो र चर्चा कमाएको थियो फूलबारी होटेलले । पाँचतारे प्लस डिलक्ससमेत रहेको यो होटेललाई नेपालमा मात्र नभइकै नमूना मानिन्थ्यो ।

मजदूर आन्दोलन लगायतका कारणबा दक्षिण एशियाट पाँच वर्षयता बन्द यो होटेल अहिले भने सुनसान छ । तत्कालीन समयमा झण्डै ४५० जनालाई रोजगारी दिएको यस होटेलमा भएको संरचना जोगाउन र कुर्नका लागि हाल सुरक्षाकर्मीसहित १६ जना कर्मचारी छन् । होटेल तथा परिसरको सरसरफाइ कार्यलाई निरन्तरता दिइएको होटेलका इञ्जिनीयरिङ विभाग प्रमुख धनराज पुरीले जानकारी दिनुभयो ।सन् २०१७ फेब्रुअरी २८ बाट मजदूर आन्दोलनका कारण बन्द भएको होटेल पुनः सञ्चालनका लागि व्यवस्थापनले पहल गरिरहे पनि कोरोना महामारीका कारण कहिलेबाट पुनःसञ्चालनमा आउँछ भन्ने यकिने हुनसकेको छैन । पुरीका अनुसार पुनः सञ्चालनका लागि न्यूनतम नौ महिनादेखि एक वर्षसम्म ममर्त तथा पुनःनिर्माणका काम लाग्ने अनुमान गरिएको छ । सन् १९९८ देखि सञ्चालनमा आएको यस होटेल २०६ रोपनी क्षेत्रफलमा फैलिएको छ । उक्त क्षेत्रफलमध्ये फूलबारी होटेलकै नाममा पूर्जा रहेको ६८ रोपनी जग्गाबिना जानकारी प्रहरीको नाममा दिइएकोमा त्यो अदालतमा विचाराधीन अवस्थामा रहेको व्यवस्थापनले जनाएको छ । होटेलमा सुविधा सम्पन्न १६५ कोठा रहेका छन् । होटल सञ्चालनको सुरुमा थाइल्यान्डको दुषित्थानी नामक समूहले यसको व्यवस्थापनको जिम्मा लिएको थियो । सुरुमा लगभग पाँच वर्ष होटेल राम्रैसँग चले पनि सन् २००४ पछिका वर्ष भने सन्तोषजनक हुनसकेन ।

त्यसयता समय समयमा भएका जहाज अपहरण, ऋतिक रोशन काण्ड, माओवादी सशस्त्र द्वन्द्वको सुरुवात र चरमोत्कर्ष, दरबार हत्याकाण्डलगायतका घटना क्रमको असर होटेलमा पनि प्रत्यक्ष परेको थियो । यी विभिन्न समस्यासँगै खर्चालु पर्यटकको आगमन घट्दै गएसँगै प्रभावित बनिरहेको होटेलमा थपिएको मजदूर समस्याले होटेल अन्ततः बन्द हुनपुगेको हो । यसबीचमा होटेलका सञ्चालकदेखि विभिन्न समूहले व्यवस्थापनको जिम्मा लिए पनि होटेलले गति लिन सकेको थिएन । झण्डै चार अर्ब लगानी भएको यस होटेलका सञ्चालक पियुषबहादुर अमात्य हुनुहुन्छ । उहाँ तत्कालीन राजा वीरेन्द्रसँग निकट हुनुहुन्थ्यो । दरबार हत्याकाण्ड, देशमा द्वन्द्वको अवस्था आदिले सबै क्षेत्र प्रभावित भएसँगै होटेलको अवस्था पनि त्यही रुपमा प्रभावित भएको अनुमान गरिन्छ । पर्यटकको आगमन घट्नु, ऋण बढ्दै जानुलगायतका कारणसँगै व्यवस्थापन र मजदूरबीचको द्वन्द्वले पनि होटेल बन्द हुन पुगेको जानकारी बताउनुछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय