गल्याङमा नेपाल टेलिकमको नयाँ टावर

२०७८ माघ २६, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गल्याङ २६ माघ । नेपाल टेलिकमले गल्याङ नगरपालिकाको लबरकोटमा जिएसएम सेवाको नयाँ बिटिएस टावर सञ्चालनमा ल्याएको छ।

फोरजी तथा टुजी दुवै सेवासहित सञ्चालन गरिएको उक्त टावरले सो क्षेत्रका उपभोक्ताको गुनासो सम्बोधन भएको नेपाल टेलिकम गण्डकी प्रदेश प्रमुख इन्दल यादवले बताउनु भयो।

गल्याङ नगरपालिका वडा नं.११ मा सञ्चालित उक्त टावरबाट स्याङ्जाको जिमुवा, लबरकोट, तुलसीभन्ज्याङ, दिमिकलगायत क्षेत्रका उपभोक्ता लाभान्वित हुने टेलिकम गल्याङका प्रमुख राम राज उपाध्यायले बताउनुभयो। उहांका अनुसार उक्त टावरबाट पाल्पा जिल्लाको असर्दी, हुँगी, फोक्सिङकोट लगायतका आसपासका क्षेत्रका उपभोक्ताहरू पनि यसबाट पूर्ण रूपमा लाभान्वित हुनेछन्।नेपाल टेलिकमले उक्त सेवा गत मंगलबारदेखि सुरू गरेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय