लागुऔषधसहित एक पक्राउ

२०७८ माघ २७, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गण्डकी, २७ माघ । प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिसुवा हंसपुरबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका–२७ बगादी खोला बस्ने २७ वर्षीय सरोज कुमाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो ।

पक्राउ परेका कुमालको साथबाट प्रहरीले डाइजोपाम–४६ एम्पुल, फेनारगन–४३ एम्पुल र नुर्फिन–४३ एम्पुल गरी कुल १३२ एम्पुल लागुऔषध, एक थान मोबाइल र १८ हजार नगद बरामद गरेको उहाँले बताउनुभयो । कुमाललाई लागुऔषधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय