एमसीसी पास गर्ने नेपाली कांग्रेस संसदीय दलको निर्णय

२०७८ फाल्गुन ३, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, ३ फागुन । नेपाली कांग्रेस संसदीय दलको बैठकले एमसीसी पारित गर्नुपर्ने निष्कर्ष निकालेको छ । नयाँ बानेश्वरमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

भोलिको संसद बैठकमा एमसिसी पेश गर्नुपर्नेमा सांसदहरूले जोड दिएका छन् । बैठक जारी रहेकै बेला प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुखलाई फोन गरेर कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन आग्रह गर्नुभएको थियो ।

संसद् बैठक भोलिका लागि बोलाइएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि आजै बस्दै छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय