नेपालले अमेरिकालाई दियो १६५ रनको लक्ष्य

२०८१ कार्तिक २, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,२ कार्तिक। पहिलो टी-२०आई खेलमा नेपालले अमेरिका सामु १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

अमेरिकाको टेक्सासको डलासस्थित ग्रान्ड प्रिएरी रंगशालामा घरेलु टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६४ रन बनाएको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन जोडे। पौडेलले दीपेन्द्रसिंह ऐरीसंग पाचौं विकेटका लागि ६६ रनको साझेदारी गरे । दीपेन्द्र २८ रनमा आउट भए।

आसिफ शेख र अनिलकुमार शाहले ४८ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । अनिल र आसिफ २७-२७ रन जोडेर आउट भए । नेपालले पछिल्लो ७ बलमा ५ विकेट गुमाउन पुग्यो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार