छलफलका लागि मात्र एमसिसी अगाडि बढाउन सकिन्छ : एकीकृत समाजवादी

२०७८ फाल्गुन ७, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, ७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले प्रतिनिधिसभामा एमसिसी परियोजना छलफलका लागि अगाडि बढाउन सैद्धान्तिकरूपमा सहमति दिने निर्णय गरेको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा तथा सम्मानित नेता झलनाथ खनालको उपस्थितिमा आज बसेको पोलिटब्यूरो सदस्यको बैठकले यथास्थितिमा परियोजना पारित हुन नदिने तर छलफलका लागि अघि बढाउनमात्र दिने निर्णय गरेको प्रमुख सचेतक एवं पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभयो । परियोजनाका केही राष्ट्रियताका विषयमा उठेका विवादित बुँदामा संशोधनसहित अगाडि बढाउन पार्टीले माग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय