आइतबार प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता टेबल भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले अब पास हुने 

२०७८ फाल्गुन ८, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,८ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी अब पारित हुने बताउनुभएको छ ।

आइतबार प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता टेबल भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नै उहांले अब पारित हुने बताउनुभयो।प्रतिनिधिसभाको बैठक सकिएपछि बाहिर निस्कने क्रममा सञ्चारकर्मीहरुले उहांलाई एमसीसी कहिले पास हुन्छ भनी प्रश्न गरेका थिए । जवाफमा उहांले भन्नुभयो, ‘अब पास हुन्छ ।’

प्रतिनिधिसभाको आइतबारको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सहयोगसम्बन्धी सम्झौता एमससीसी अनुमोदनका लागि टेबल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार