नेपाल निजामती कर्मचारी युनियनको केन्द्रिय उपाध्यक्षमा स्याङ्जाका अर्यालको उम्मेदवारी

२०७८ फाल्गुन १७, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, १७ फागुन । नेपाल निजामती कर्मचारी युनियनको केन्द्रिय उपाध्यक्षका लागि स्याङ्जाका कृष्णप्रसाद अर्यालले उम्मेदवारी घोषणा गर्नुभएको छ । हाल युनियनको केन्द्रीय सदस्यसमेत रहनु भएका अर्यालले ८औ केन्द्रीय महाधिवेशनमा लागी आफ्नो उम्मेद्बारी घोषणा गर्नुभएको हो ।

केन्द्रिय उपाध्यक्ष स्वत गण्डकी प्रदेशको अध्यक्ष हुनेभएपछी उहाँको उम्मेद्बारी केन्द्रिय उपाध्यक्ष संगै गण्डकी प्रदेश अध्यक्ष पनि भन्ने गरिएको पाइन्छ । गण्डकी प्रदेश अध्यक्षको लागि पनि देशभरका प्रतिनिधिले भोट हाल्न पाउनेछन् । तीन कार्यकाल युनियनको जिल्ला अध्यक्षको भुमिका निर्वाह गर्नुभएका अर्याल स्वास्थ्यकर्मी संघ जिल्लाको अध्यक्ष र केन्द्रिय महासचिव भैइसक्नु भएको छ ।

नेपाल निजामती कर्मचारी युनियनको ८ औं महाधिवेशन फागुन २१ देखि २३ सम्म काठमाडौमा हुदैछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार