काठमाडौँ, २० फागुन । पछिल्लो ६ महिनामा लागू औषध कारोबारको कसुरमामा दुई हजार सात सय २७ पक्राउ परेका छन् । पक्राउ पर्नेमा सबैभन्दा धेरै प्रदेश नम्बर दुईमा रहेका छन् ।
पक्राउ परेकामध्ये १ हजार ८ सय ५१ लाइ मुद्दा दर्ता गरिएको नेपाल प्रहरीका केन्द्रिय सूचना अधिकारी बिष्णु कुमार केसिले हेर्ने कुरा डटकमलाई जानकारी दिनुभयो । साउन देखि पौषसम्मको तथ्यांक हेर्दा लागु औषध सम्बन्धि कारोबारमा प्रदेश १ बाट ५ सय २७, प्रदेश नम्बर २ बाट ६ सय १३,प्रदेश नम्बर ३ बाट उपत्यका बाहेक २ सय २४, उपत्यकाबाट ३ सय १९, गण्डकी प्रदेशबाट ३ सय ११, लुम्बिनी प्रदेशबाट ३ सय ४६, कर्णाली प्रदेशबाट ८६ जना , सुदुर पश्चिम प्रदेश बाट २ सय ४३ र लागु औषध केन्द्रिय नियन्त्रण ब्युरोले १ सय ९ पक्राउ गरेको केसीले जानकारी दिनुभयो ।
तथ्यांक हेर्दा पक्राउ परेको लागू औषधमा सबैभन्दा धेरै गाजा रहेको छ । गाजा ४ हजार २२ किलो बरामद भएको छ भने चरेस १४ किलो ६ सय ग्राम बरामद भएको छ । हिरोईन ४ किलो, अफिम ९ किलो र कोकिन ४ किलो बरामद भएको तथ्यांक छ ।
गाजाको कारोबार बैधानिक गर्न विभिन्न बहसहरु उठेपछि हालसम्म बैधानिक हुन नसक्दा पक्राउ पर्ने र बरामद हुने क्रम रोकिएको छैन । गाजालाई बैधानिक गर्न सर्वोच्चमा रिट निवेदन परेपछि मुद्दा दर्ता भने हुन सकेको छैन । सर्बोच्च अदालतका प्रवक्ता विमल पौडेलले गाजाको बैधानिकता सम्बन्धमा अधिवक्ता अर्जुनकुमार अर्यालले रिट निवेदन दिएपनी उक्त निवेदन दर्ता हुन नसकेको बताउनुभयो । गाजाको बैधानिक बिसयमा बहस उठेपनी अहिलेसम्म कानुनी प्रक्रियागत हिसाबले अगाडि नबढेको उहाँले हेर्ने कुरा डटकमलाई जानकारी दिनुभयो ।
अधिवक्ता अर्जुनकुमार अर्यालले गाजालाई बैधानिक गर्नुपर्ने बताउनुभएको छ । उहाँले हेर्ने कुरा डटकमसंग कुराकानी गर्दै बिदेशी इशारामा बन्द भएको गाजाको कारोबार अब खुल्ला हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “बिदेशीले नेपालमा गाजा बन्द गर्न लगाएर आफ्नो देशमा गाजा बेचिरहेका छन् । नेपालमा उत्पादित गाजा नेपालमा अबैध हुन्छ भने ती देशमा नेपालको गाज बैधानिक हुन्छ त्यसैले नेपालमा गाजाको कारोबार खुल्ला गरिनुपर्छ ।”
त्यस्तै समाजिक अभियान्त तथा पुर्व सचीव भिम उपाध्यायले पनि नेपालीको जिबनस्तर उकास्न गाजा पहिलो माध्यम हुने बताउनुभएको छ । हेर्ने कुरा डटकमसंग कुराकानी गर्दै उहाँले भन्नुभयाे “नेपालीलाई आर्थिक समृद्धि बनाउन गाजाको कारोबार खुल्ला गरिनुपर्छ ।”