नेपाल निजामती कर्मचारी युनियनको प्यानल सहित उम्मेदवारी घोषणा

२०७८ फाल्गुन २०, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौँ, २० फागुन । नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल निजामती कर्मचारी युनियनको फागुन २१ देखि २३ सम्म हुने ८ औ महाधिवेशनको लागि प्यानल सहित उम्मेद्बारी घोषणा भएको छ ।

शुक्रबार काठमाडौमा एक कार्यक्रममा सुरेन्द्र प्रसाद अधिकारीको अध्यक्षमा निर्वाचनमा जानेगरी उम्मेद्बारी घोषणा भएको हो । उक्त समितिको वरिष्ठ उपाध्यक्षमा सुवास कुमार कोइराला , खुल्ला उपाध्यक्षमा एक नारायण शर्मा काफ्ले,प्रदेश नम्बर १ को उपाध्यक्षमा तोयनाथ तिमिल्सिना, मधेस प्रदेश उपाध्यक्षमा राज किशोर राउत, बाग्मती प्रदेश उपाध्यक्षमा श्री राम लम्सालले उम्मेद्बारी दर्ता गर्नेगरि उम्मेद्बारी घोषणा गरिएको छ।

त्यस्तै गण्डकी प्रदेश उपाध्यक्षमा कृष्ण प्रसाद अर्याल, लुम्बिनी प्रदेश उपाध्यक्षमा नारायण लम्साल, कर्णाली प्रदेश उपाध्यक्षमा निर्पजगं शाही सुदुर पश्चिम् प्रदेशमा धर्म बहादुर देउवा, संघीय उपाध्यक्षमा सुरेन्द्र प्रसाद अधिकारी, महिला उपाध्यक्षमा निर्मला शर्मा, मधेस प्रदेश उपाध्यक्षमा अशोक कुमार रौनियर, श्रेणी बिहिन उपाध्यक्षमा शंकर पुरी, आदिवासी जनजाती उपाध्यक्षमा पुरन गुरुङको उम्मेद्बारी रहने जनाइएको छ ।

उम्मेद्बारी घोषणा कार्यक्रममा जनक बहादुर रावत महासचिव र उपमहासचिवमा देवराज सापकोटा र सुर्य प्रसाद चापागाईंको उम्मेद्बारी घोषणा गरिएको छ भने खुल्ला ४ सचिव मध्य दिबाकर शर्मा,प्रकाश भट्टराई ,युवराज न्यौपाने,धिरेन्द्र राज सुवेदीको उम्मेद्बारी घोषणा गरिएको छ ।

त्यस्तै युवा सचीवमा तेजेन्द्र कंडेल,आदिवासी जनजाति सचीवमा शान्त राज राई र कोषाध्यक्षमा प्रयास घिमिरेको उम्मेद्बारी घोषणा गरिएको छ भने मधेस सचीव खाली राखिएको छ ।

घोषणा सभालाई सम्बोधन गर्दै नेपाल सरकारका उपसचीव राजेन्द्र बुढाथोकीले यो टिमलाई दिल खोलेर जिताउन सबैलाइ आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार