चार प्रदेशमा प्रेस चौतारीको नयाँ नेतृत्व

२०७८ फाल्गुन २२, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, २२ फागुन । प्रेस चौतारी नेपालको बागमती, उपत्यका, प्रतिष्ठान र एसोसियट प्रदेशमा नयाँ नेतृत्व चयन गरिएको छ । हिजो यहाँ भएको प्रथम संयुक्त अघिवेशनले चारै प्रदेशमा नयाँ नेतृत्व चयन गरेको हो ।

बागमती प्रदेशको अध्यक्षमा शरद सापकोटा, उपत्यकाको अध्यक्षतामा विष्णु आचार्य, प्रतिष्ठानको अध्यक्षमा सरोज ढुङ्गेल र एसोसियट अध्यक्षमा श्रीहरि थापा निर्वाचित हुनुभएको छ । सबै प्रदेशमा ३१ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो । बागमती प्रदेशको महासचिवमा प्रकाश दाहाल, उपत्यकाका महासचिवमा धनश्याम धमला र प्रतिष्ठानको महासचिवमा भिसा काफ्ले निर्वाचित हुनुभएको छ ।

अधिवेशनको नेकपा (एमाले) का उपाध्यक्ष सुभाषचन्द्र नेम्बाङले उद्घाटन गर्नुभएको थियो । आज प्रेस चौतारीले देशभर नै प्रदेश अधिवेशन गरेको छ । प्रेस चौतारी नेपालको यहीँ फागुन २७ र २८ गते पोखरामा नवौँ राष्ट्रिय महाविधेशनको आयोजना गरेको छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय