वालिङका उद्यमी तथा कृषकहरुलाई कृषि सामाग्री बितरण

२०७८ फाल्गुन २२, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

वालिङ २२ फागुन । वालिङ नगरपालिकाका कृषक तथा उद्यमीहरुलाई कृषि सामाग्री बितरण गरिएको छ । कृषकहरुका माग र आवश्यक्ताका आधारमा कृषि औजार बितरण गरिएको नगरपालिकाले जनाएको छ ।

वालिङ नगरपालिका र युएनडिपी नेपालको साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालन भएको ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना’ अन्तर्गत कृषि औजार बितरण गरिएको हो । कृषि औजार बितरण बितरण गर्दै वालिङ नगर प्रमुख दिलिप प्रताप खाँणले बास्तविक कृषकहरुलाई सहयोग गरि उत्पादन बढाउने नगरपालिकाको नीति रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘कृषक र उद्यमीलाई प्रोत्साहन गर्दै आवश्यक सहयोग गर्दै जानेछौं । कृषक तथा उद्यमीहरुको सोचमा परिवर्तन नआई उत्पादन बृद्धि नहुने भन्दै प्रमुख खाँणले बिभिन्न साझेदार संस्थाहरुसँग मिलेर काम गरिरहेको बताउनु भयो । कार्यक्रममा बोल्दै नगर उपप्रमुख कल्पना तिवारीले कृषकहरुको मागका आधारमा बितरण गरिएका सामाग्रीहरुले उत्पादन बढाउनमा मद्दत गर्ने बिश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै युएनडिपी नेपालका गण्डकी र लुम्विनी प्रदेश प्रमुख सुदिप अर्यालले आधुनिक प्रबिधिका सामाग्रीहरुको प्रयोगले उत्पादन र उत्पादकत्व बृद्धि हुने बताउनु भयो । उद्यमशीलताको बिकास बिना आर्थिक प्रगती नहुने भन्दै अर्यालले वालिङ नगरपालिकाको उत्पादन बढाउने अभियानमा युएनडिपीको सहकार्य फलदायी रहने बिश्वास व्यक्त गर्नु भयो । उद्यमशीलता, व्यवशाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र ईबिक मार्फत वालिङले शुरु गरेको उद्यमीको शहर बनाउने अभियान निक्कै उदाहरणीय रहेको उहाँले बताउनु भयो । कृषक तथा उद्यमीका माग र सहकारी तथा समूहहरुको आवश्यक्ताका आधारमा सामाग्री बितरण गरिएको दियालो संस्थाका अध्यक्ष कविता तिवारीले बताउनु भयो । सामाग्रीको सही प्रयोग गरि उत्पादन बढाउन उहाँको सुझाव छ ।

कार्यक्रममा बिभिन्न ५ वटा सहकारी तथा समूहलाई कुटानीपिसानीका लागि कम्वाईन मिल, ५ वटा व्यवशायीक फर्महरुका लागि पिसानी मिल र चापकटर ५० जना कृषकहरुका लागि टनेल,स्प्रे मेसिन लगायतका सामाग्री बितरण गरिएको परियोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय