कालीगण्डकी गाउँपालिकामा अबको अध्यक्ष को ? कस्को सम्भावना कति

२०७८ चैत्र ४, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 7 मिनेट

स्याङ्जा, ५ चैत । २०७४ को स्थानीय निर्वाचनमा कालीगण्डकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जित हासिल गरेको थियो ।

कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का खिम बहादुर थापा र उपाध्यक्षमा सावित्रा कोइराला विजयी हुनुभएको थियो ।

कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का खिम बहादुर थापाले ५०८८ मत ल्याएर विजयी हुँदा नेपाली काँग्रेसका शेर बहादुर थापाले ४४२२ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का ईन्द्र बहादुर थापाले ३५४ मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सावित्रा कोइराला ५११६ मत ल्याएर विजयी हुँदा नेपाली काँग्रेसकी तुलसा पाण्डे भट्टराई ४३२५ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की कमलादेवी विश्वकर्माले ३४८ मत ल्याउनुभएको थियो ।

७ वडा रहेको कालीगण्डकी गाउँपालिकाकोे वडा नं १, ५, ६ र ७ गरी ४ वटा वडामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले र बाँकी रहेको २, ३ र ४ गरी तीनवटा नेपाली काँग्रेस विजयी भएको थियो ।

कालीगण्डकी गाउँपालिकाको वडा नं १ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सोभिलाल चौतारेले ११७३ मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्धन्दी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अंक बहादुर घर्ती मगरले ४७० र नेपाली काँग्रेसका हरिचन्द्र पाण्डेले ८२ मत ल्याउनु भएको थियो ।

त्यसैगरी वडा नं २ मा नेपाली काँग्रेसका नर बहादुर रानाले ८०० मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्धन्दी राष्ट्रिय जनमुक्ति पार्टीका खडक बहादुर झेडीले ६०८ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का ओम बहादुर सिंजालीले १ मत ल्याउनु भएको थियो ।

गाउँपालिकाको वडा नं ३ मा नेपाली काँग्रेसका राम बहादुर आलेले ७३९ मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्धन्दी नेपाली कम्युनिष्ट पार्टी (एमाले) का गोकुल रानाले ७२८ मत ल्याउनु भएको थियो ।

त्यसैगरी वडा नं ४ मा नेपाली काँग्रेसका चक्रपाणी पाण्डेले ७५४ मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्धन्दी नेपाली कम्युनिष्ट पार्टी (एमाले) का नारायणप्रसाद पाण्डेयले ५००, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गणेशप्रसाद पाण्डेले १५१ र स्वतन्त्रका लोकनाथ पाण्डेयले २३ मत ल्याउनु भएको थियो ।

गाउँपालिकाको वडा नं ५ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) लोकेदार थापाले ७०२ मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्धन्दी नेपाली काँग्रेसका रुक बहादुर थापाले ६६४, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का चन्द्र कान्त न्यौपानेले ४७ मत ल्याउनु भएको थियो ।

त्यसैगरी वडा नं ६ मा नेपाली कम्युनिष्ट पार्टी (एमाले) का लिला वल्लभ अधिकारीले ९१० मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्धन्दी नेपाली काँग्रेसका २३९ मत ल्याउनु भएको थियो ।

गाउँपालिकाको वडा नं ७ मा नेपाली कम्युनिष्ट पार्टी (एमाले) का मुक्तिप्रसाद भट्टराईले ५७७ मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्धन्दी नेपाली काँग्रेसका भिमप्रसाद भट्टराईले ५२२ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का गुरु प्रसाद भट्टराईले ५९ मत ल्याउनु भएको थियो ।

अहिलेको चुनावमा कुन पार्टी बाट कस्को चर्चा

नेकपा एमाले

१.खिम बहादुर थापा

कालीगण्डकी गाउँपालिकाको पहिलो अध्यक्ष जित हासिल गरेकै कारण नेकपा एमालेले सोही गाउँपालिकाको अध्यक्षको लागि पुन खिम बहादुर थापालाई अगाडि बढाउने सम्भावना देखिन्छ । सरल र निकै मिझाशिला स्वभाव हुनुभएका थापा नेकपा एमाले बाट चुनाव लडेर गाउँपालिका अध्यक्षमा निर्वाचित भएपनि उहाँ अहिले सबैका प्रिय बन्न सफल हुनुभएको छ । यति जनताको सेवामा खटिने अहिलेकाे परिप्रेक्षमा कोहि नदेखिएको हुँदा नेकपा एमालेले गाउँपालिका अध्यक्षको लागि पुनः थापालाई अगाडि सार्ने सम्भावना बलियो देखिन्छ ।

२. केसर क्षेत्री


कालीगण्डकी गाउँपालिकामा नेकपा एमालेका खम्बा भनेर चिनिनु भएका केसर क्षेत्री यो पटकको गाउँपालिका अध्यक्ष बन्ने सम्भावना उच्च देखिन्छ । सामाजिक सेवामा आफ्नो पहिचान बनाउनु भएका क्षेत्री एमालेका कुशल नेता मानिनुहुन्छ । गाउँमा खानेपानी,मोटरबाटो लगायतका विकास निर्माणकार्यमा जनतासंग प्रत्यक्ष जोडिएर काम गरेकै कारण उहाँ स्थानीय स्तरमा सबै राजनैनिक दलका कार्यकर्ता बीच लोकप्रिय बन्नु भएको छ । पालिकामा खुलेर कुनै राजनैतिक दलको समर्थन नगर्ने जनताको मन जितेर चुनाव जित्ने रणनीति तय गर्दा नेकपा एमाले बाट एकल उम्मेदवारको रूपमा उहाँलाई अगाडि बढाउने चर्चा चलेको पाइन्छ । कालीगण्डकी गाउँपालिकाबाट एक मात्रै जिल्ला कमिटीको सचिवालय सदस्य रहनु भएका क्षेत्री नेकपा एमाले कालीगण्डकी गाउँ कमिटी इन्चार्ज समेत हुनुहुन्छ । पढाई समेत अब्बल हुनुभएका क्षेत्री बौद्धिक नेताको पहिचान बनाउनु भएको छ ।

३.साबित्रा कोइराला

नेकपा एमालेबाट कालीगण्डकी गाउँपालिकामा उपाध्यक्षमा निर्वाचित भए संगै राजनैतिक क्षेत्रमा सक्रिय ढङ्गले उदाउनु भएकी सावित्री कोइरालालाई नेकपा एमालेले गाउँपालिका अध्यक्षमा अगाडि सार्ने बलियो सम्भावना देखिन्छ । महिला नेतृत्वलाई अगाडि बढाउने सबलमा पनि उहाँको सम्भावना बलियो देखिएको हो ।

 

४. कृष्ण लामिछाने

नेकपा एमालेको गाउँ कमिटी अध्यक्ष भएकै कारण कृष्ण लामिछानेको नाम गाउँपालिका प्रमुखमा चर्चामा रहेको पाइन्छ । कालिलै उमेरमा साबिक चण्डी भञ्ज्याङ् गाबिसको अध्यक्ष समेत बन्नु भएका लामिछाने सानै उमेर देखि राजनीतिमा सक्रिय भएर जनताको सेवामा खटिएका कारण जनता माझ लोकप्रिय हुनुहुन्छ ।

 

५. यमप्रसाद पाण्डे

नेकपा एमालेकाे तर्फबाट कालीगण्डकी गाउँपालिकाकाकाे अध्यक्षकाे चचार्मा हुनुहुन्छ यम प्रसाद पाण्डे  । राजनीति संगै सफल ब्यबसायीको पहिचान बनाउनु भएका पाण्डे लोकप्रिय नेताको रुपमा चिनिनुहुन्छ । व्यावसायिक पृष्ठभुमिबाट राजनीतिमा सक्रिय बन्नु भएका पाण्डे पश्चिमाञ्चल ट्रक ब्यबसायी समितीका अध्यक्ष समेत हुनुहुन्छ ।

 

नेपाली काङ्ग्रेस

१.नर बहादुर राना

नेपाली काङ्ग्रेस कालीगण्डकी  गाउँपालिकाकाे सभापतिमा निर्वाचित हुनुभएका नरबहादुर राना यसपटकको स्थानीय चुनावमा गाउँपालिका अध्यक्षको चर्चामा हुनुहुन्छ । यस अघिको चुनावमा कालीगण्डकी  गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा निर्वाचित भएर जनताको सेवामा खटिनु भएका राना जनताको सेवकको पहिचान बनेकै कारण पालिका अध्यक्षमा चुनाव जित्ने सम्भावना बलियो देखिन्छ । २०५९ र ५४ मा साबिक आलमदेबी गाबिसको दुई पटक अध्यक्ष बन्नु भएका राना भद्र र शालिन स्वभावका हुनुहुन्छ ।

२.शालिकराम न्यौपाने

नेपाली काङ्ग्रेस जेष्ठ नागरिक सभाका सदस्य रहनु भएका कालीगण्डकी गाउँपालिका पुराना नेताको पहिचान बनाउनु भएका शालिकराम न्यौपाने गाउँपालिका अध्यक्षको चर्चामा हुनुहुन्छ । कृष्ण प्रसाद भट्टराईसंगै जेल परेको भएपनि अहिलेसम्म पार्टीको अवसर बाट बन्चित बन्नु भएका न्यौपाने सोही गाउँपालिकाको बिरेन्द्र उच्च माबीमा लामो समय शिक्षक रहेर सामाजिक सेवामा खट्नु भएको थियो । लामो समय शिक्षक संगै राजनीति गर्नुभएको र हाल शिक्षक पेसाबाट अवकाश लिनु भएको हुँदा उहाँको नाम चर्चामा रहेको पाइन्छ ।

३.यम प्रसाद पाण्डे

स्वास्थ्य क्षेत्रको लामो समयको अनुभवसंगै क्रियासिल राजनीतिमा लाग्नु भएका यम प्रसाद पाण्डे लामो समय सरकारी जागिरेको रुपमा रहनु भएको थियो । उपसचीवबाट रिटायर बन्नु भएका पाण्डे यस पटकको गाउँपालिका अध्यक्षको चर्चामा हुनुहुन्छ । नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा गाउँपालिका सभापतिमा झिनो मतले पराजित हुन पुगेपनी उहाँको पालिकामा भने राम्रै प्रभाव रहेको पाइन्छ । पार्टीको विभिन्न तहमा रहेर काम गरेको अनुभवकै आधारमा नेपाली काङ्ग्रेसले गाउँपालिका अध्यक्षमा उहाँलाई अगाडि सार्ने बलियो सम्भावना देखिन्छ ।

४. चक्र पाण्डे

विद्यार्थी राजनीति देखीनै नेपाली काङ्ग्रेसमा सकृय राजनीति गर्दै आउनु भएका चक्र पाण्डे कालीगण्डकी गाउँपालिका अध्यक्षको लागि चर्चामा हुनुहुन्छ । गत चुनावमा नेपाली काङ्ग्रेसबाट टिकट लिएर वडा अध्यक्षमा ठूलो मतान्तरले बिजय हुन सफल भएको इतिहासलाई हेर्दा पनि उहाँ हाल पालिका अध्यक्षको लागि बलियो दाबेदार मानिनुहुन्छ । समाज सेवा संगै राजनीति गरेकै कारण पनि उहाँको लोकप्रियता बढेको पाइन्छ । पछिल्लो समय जनप्रतिनिधिको रूपमा निर्वाचित भएपछि प्रत्यक्ष जनताको काममा सरिक भएकै कारण पनि उहाँको लोकप्रियता बढेको पाइन्छ । जनतामा लोकप्रियता बटुलेको नेता पार्टीले चयन गर्नुपर्दा पाण्डेलाई अग्रपंक्तिमा रहने देखिन्छ ।

५.माया राना


नेपाली काङ्ग्रेस भित्र कालीगण्डकी गाउँपालिका बाट नेतृत्व गर्ने अब्बल महिलाको पहिचान बनाउनु भएकी माया राना यस पटक गाउँपालिका अध्यक्षको चुनाव लड्ने बलियो सम्भावना देखिन्छ । साहसी महिलाको पहिचान बनाउनु भएकी राना पुर्व महासमिति तथा हाल महाधिवेशन प्रतिनिधि समेत रहेको हुँदा उहाँको नाम पालिका अध्यक्षमा चर्चामा रहेको पाइन्छ ।

६.शेर बहादुर थापा

नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनबाट जिल्ला उपसभापतिमा निर्वाचित हुनुभएका शेर बहादुर थापा यस अघिको चुनावमा नेकपा एमालेसंग झिनो मतले पराजित हुन पुग्नु भएकाले यस पटक पनि गाउँपालिका अध्यक्षको चर्चामा हुनुहुन्छ ।

७.होम प्रसाद भट्टराई

नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा जिल्ला उपसभापति पदमा १९ मतका कारण उपविजेता बन्न पुग्नु भएका होम प्रसाद भट्टराई कालीगण्डकी गाउँपालिका पुराना नेता मानिनुहुन्छ । २०५३ सालमै नेपाली काङ्ग्रेसको महाधिवेशन प्रतिनिधि बन्नु भएका भट्टराई यस क्षेत्रकै पुराना नेता मानिनुहुन्छ । प्रखर वक्ताको पहिचान बनाउनु भएका भट्टराई नेपाल बैंकको जागीर हुँदै राजनीतिमा प्रवेश गर्नुभएको थियो । कालीगण्डकी हाइड्रो प्रोजेक्टको समेत हेन्डेलिङ गर्नुभएका भट्टराई स्थानीय स्तरमा राम्रो सम्बन्ध भएकै कारण गाउँपालिकाको अध्यक्षको चर्चामा हुनुहुन्छ ।

८.नारायण भट्टराई

जनताको सुखदुःखका सारथि बन्दै आउनुभएका नारायण भट्टराई यस पटकको गाउँ पालिका अध्यक्षको चर्चामा हुनुहुन्छ । नेपाली काङ्ग्रेस पुर्व क्षेत्रीय सदस्य समेत बन्नु भएका भट्टराई जनतासंग राम्रो सम्बन्ध भएकै कारण चर्चामा रहनु भएको हो ।

राष्ट्रिय जनमुक्ति पार्टी

१.बम लामिछाने मगर

राष्ट्रिय जनमुक्ति पार्टीको भोट निर्णायक मानिएको कालीगण्डकी गाउँपालिकामा यस पार्टीले आफ्नो पालिका अध्यक्षको उम्मेदवारको रुपमा बम लामिछाने मगरलाई अगाडी सार्ने बुझिएको छ । पार्टीको जिल्ला अध्यक्ष भएकै कारण उहाँलाई पार्टीले पालिका अध्यक्षमा अगाडि बढाउने सम्भावना बढी देखिएको हो ।

२. खड्क झेडी


पार्टीको गाउँ कमिटीको अध्यक्षमा रहेर काम गरेकै कारण खड्क झेडीलाई पार्टीले पालिका अध्यक्षको रूपमा अगाडि सार्ने सम्भावना देखिन्छ । पालिका स्तरीय राजनीति गरेकै कारण गाउँका जनतासंग प्रत्यक्ष सम्पर्कमा रहने झेडीलाई गाउँपालिका अध्यक्षको रुपमा अगाडि सार्ने देखिएको छ ।

माओवादी केन्द्र

ज्ञान प्रसाद भट्टराई

सफल ब्यबसायीको पहिचान बनाउनु भएका ज्ञान प्रसाद भट्टराई कालीगण्डकी गाउँपालिकाको अध्यक्षको चर्चामा हुनुहुन्छ । माओवादी केन्द्रको गाउँ कमिटी अध्यक्ष रहनु भएका भट्टराईलाई माओवादीले पालिका अध्यक्षमा अगाडि बढाउने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय