केलादीघाटमा स्याङ्जा सहयोग समाजको कुर्ची र म्याट सहयोग

२०७८ चैत्र ७, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा, ७ चैत । बिश्वभर छरिएर रहनु भएका स्याङ्जाबासिहरुको साझा सस्था स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको पहल र समन्वयमा स्याङ्जा सहयोग समाज कतारद्वारा स्याङ्जा चापाकोट नगरपालिका वार्ड नम्बर ६ मा अवस्थित श्री राधादामोदर केलादिघाट धाममा आश्रीत वृद्ध वृद्दाको लागि कुर्ची र म्याट हस्तान्तरण गरिएको छ ।

आइतबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको स्याङ्जा सहयोग अन्तर्राष्ट्रिय समन्वय समितीका अध्यक्ष टुकराज अर्यालले जानकारी दिनुभयो । समाजले ५० थान कुर्सी र सदस्य गुप्त गैह्रेको पहलमा बिछ्याउने म्याट हस्तान्तरण गरिएको हो ।

स्याङ्जा सहयोग समाज कतारका अध्यक्ष अजमत अलिको अध्यक्षता तथा चापाकोट नगरपालिका वार्ड न ६ का वार्ड अध्यक्ष एकदेब भट्टराई को प्रमुख आतिथ्य एबम चापाकोट प्रहरी प्रमुख डिएसपी नारायण प्रसाद शाह, मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष लेखनाथ बस्ताकोटी एबम स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितीका सल्लाहकार रामु बस्याल, सहकोषाध्यक्ष धर्म पराजुली, महिला संयोजक निर्मला तिवारी , केन्द्रिय सदस्य गुप्त गैह्र, चिरञ्जीवी ढकाल, पुर्व सदस्य बेद पाठक स्याङ्जा सहयोग समाज बहराइन सदस्य मिलन भट्टराई लगायत मन्दिर ब्यवस्थापन समितिका पदाधिकारी आश्रीत बुबा आमाहरुको बृहत उपस्थितिमा मन्दिर ब्यवस्थापन समितिलाइ हस्तान्तरण गरिएको थियो ।

उक्त कार्यक्रममा स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिती महिला संयोजक निर्मला तिवारीले स्वागत मन्तब्य राख्दै बिश्व भरिका स्याङ्जाबासिलाइ सस्थामा आवद्ध हुन आभान गर्नु भएको थियो भने कार्यक्रम सस्थाका केन्द्रिय सदस्य एबम कार्यालय ब्यवस्थापक चिरञ्जीवी ढकालले सन्चालन गर्नु भएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथी चापाकोट नगरपालिका वार्ड नम्बर ६ का वार्ड अध्यक्ष एकदेब भट्टराई ले समाजले गरेका कार्यको प्रशंसा गर्दै भाबी दिनमा यस्ता कार्यले निरन्तरताको शुभकामना साथै उपस्थित सबैलाई धन्यवाद व्यक्त गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा कार्यक्रम समापन गर्दै स्याङ्जा सहयोग समाज कतारका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष अजमत अलिले सस्था स्थापना र सामाजिक क्षेत्र मा गरेका सहयोग को बारेमा जानकारी गराउदै यसरी यस पुन्य कार्यमा सरिक हुने अवसर प्रदान गर्नु भएकोमा सहयोगी सबैलाई धन्यवाद दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय