गल्याङमा सवारी दुर्घटना एकको मृत्यु

२०७८ चैत्र ७, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, ७ चैत । स्याङ्जा गल्याङ् नगरपालिका -१ सिद्धार्थ राजमार्ग स्थित स्याङ्जा जिल्ला गल्याङ नगरपालिका -१ मा भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

वालिङबाट बुटवल तर्फ जाँदै गरेको ग १५ प  ७४४७ नं को मोटरसाईकल र बिपरीत दिशाबाट आईरहेको लु २ ख ५२९० नं. को फोर्स कम्पनीको गाडी आज दिउँसो करिब १ बजे एक आपासमा ठक्कर खाँदा मोटरसाईकल चालक रूपन्देही जिल्ला सुद्धोधन गा.पा.-५ फर्सटिकट घर भई जिल्ला स्याङ्जा गल्याङ न.पा.वडा नं-३ गल्याङ बजारमा “कुशल मोटरसाईकल वर्कसपमा” काम गर्ने बर्ष २७ को जितेन्द्र पटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाले जनाएको छ ।

ठक्करमा घाइते भएका पटेललाई उपचारको लागि नगर अस्पताल गल्याङ स्याङ्जामा पठाईएको र डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । हाल लास सोही अस्पतालमा रहेको छ भने दुबै सवारी साधन र गाडी चालक प्रहरीको नियन्त्रणमा रहि थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय