पत्रकार महासंघको स्थापना दिवस : बिरामीलाई फलफुल वितरण

२०७८ चैत्र १८, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङजा,  १८ चैत । नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवसको अवसरमा फलफुल वितरण गरिएको छ । महासंघको स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ स्याङ्जाले जिल्लाका विभिन्न अस्पतालमा रहेका बिरामीलाई फलफुल वितरण गरेको हो । पत्रकार महासंघ स्याङ्जा शाखाले जिल्ला अस्पताल स्याङ्जा, वालिङ नगर अस्पताल, चापाकोट नगर अस्पताल र गल्याङ नगर अस्पतालमा उपचारार्थ रहेका बिरामीलाई फलफुल वितरण गरेर स्थापना दिवस मनाएको महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देलले जानकारी दिए ।

हरेक बर्ष चैत्र १६ गते पत्रकार महासंघले आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउदै आएको छ । यो बर्ष स्याङ्जा शाखाले अस्पतालका बिरामीलाई स्वास्थ्य लाभको कामना गर्दै फलफुल दिएर स्थापना दिवस मनाइएको शाखाका अध्यक्ष सिग्देलले बताए । स्याङजा शाखाले जिल्ला सदरमुकाममा उपाध्यक्ष भवानी अधिकारी, चापाकोटमा जिल्ला सदस्य रामु भट्टराई, गल्याङमा गण्डकी प्रदेश प्रतिनिधि हिमाल न्यौपाने र वालिङमा शाखाका अध्यक्ष सिग्देलको नेतृत्वमा फलफुल वितरण कार्य सम्पन्न गरिएको जनाएको छ ।

मुलुकका हरेक परिवर्तनमा पत्रकार महासंघले महत्वपुर्ण भुमिका खेल्दै आएको बताउदै स्याङ्जा शाखाका अध्यक्ष सिग्देलले पत्रकारहरुका लागि आएको श्रमजीवी पत्रकार ऐन लामो समयदेखी कार्यन्वयन नहुनु दुखद रहेको बताए । पत्रकारहरुलाई नियन्त्रित गर्नेगरी आउन लागेको संचार ऐन बिचाराधिन अवस्थामा रहेपनि पत्रकारमैत्री ऐन ल्याउन सिग्देलले सरकार सगँ माग गरे । मुलुकका हरेक संकटमा पत्रकारहरुले खेलेको भुमिकाले नागरिकमा सचेतना जगाएको दावी गर्दै अध्यक्ष सिग्देलले कोरोना संक्रमणका बेला जोखिम मोलेर नागरिकको आवाजलाई सरकारका तिनै तह समक्ष पु¥याउने गतिलो उदाहरण भएको बताए । राजनीति भन्दा माथी उठेर समाजमा लुकेका र लुकाइएका विषयबस्तुको उठानमा नेपाली पत्रकारहरु लाग्न यो स्थापना दिवसले सबैलाई उर्जाशिल बनाउने छ भन्दै अध्यक्ष सिग्देलले शुभकामना व्यक्त गरे । स्याङ्जाका चार पालिकामा रहेका स्थानीय अस्पतालमा सक्रिय भुमिका सहित सहभागिता जनाएर पत्रकार महासंघको ६७ औंस्थापना दिवस मनाएकोमा स्याङजावासी सबै पत्रकारहरुलाई अध्यक्ष सिग्देलले धन्यवाद समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय