वालिङमा ७५० मिटर लामो सिञ्चाई कुलो निर्माण

२०७८ चैत्र २८, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

तोलाकान्त बगाले
स्याङ्जा २८ चैत । स्याङ्जाको वालिङ ७ मा भोटेखोरिया बाहुनधारा सिञ्चाई पक्की कुलो निर्माण गरिएको छ । वालिङ नगरपालिका र प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत कुलो निर्माण गरिएको हो । गत माघ १० गतेबाट उपभोक्ता समिति र स्थानीयको जनश्रमदानमा निर्माण शुरु गरिएको उक्त योजना गत बिहीबार निर्माण सम्पन्न भएको हो ।

निर्माण सम्पन्न भएको कूलोको आईतबार नगर प्रमुख दिलीपप्रताप खाँणले अनुगमन तथा अवलोकन गर्नुहुँदै यहाँका किसानलाई उत्पादनसँग जोड्नकालागि निक्कै महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गर्नुभयो । उहाँले उपभोक्ता समिति र स्थानीयको जनश्रमदानबाट निक्कै राम्रो काम भएको छ अब यसको संरक्षण र मर्मतकालागि पनि नगरपालिकाले यसै समितिमार्फत काम अगाडि बढाउने बताउनुभयो ।

वालिङ नगरपालिकाबाट रु. ३ लाख र प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ७ लाख ५२ हजार गरी कूल १० लाख ५२ हजार रकम विनियोजन भई निर्माण सम्पन्न भएको प्रधानमन्त्री रोजगार कार्यक्रम प्रमुख पवन बस्यालले बताउनुभयो ।

५५० मिटर नयाँ निर्माण गरिएको हो भने २०० मिटर पुरानोलाई मर्मत गरिएको उक्त कुलो कूल ७५० मिटर लम्बाईको छ । उक्त कुलो निर्माण सम्पन्न भई सञ्चालनमा आएसँगै २६ घरधुरीका नागरिकहरुले खेती गर्दै आएको जमिनमा सिञ्चाईको सहजता हुने समितिका अध्यक्ष टेकबहादुर सार्कीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय