स्याङ्जामा गठबन्धन आवश्यक छ : जिल्ला सभापति थापा

२०७८ चैत्र ३०, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, चैत ३० । बैशाख ३० मा हुन लागेको स्थानीय चुनावका लागि स्याङ्जामा गठबन्धन आवश्यक भएको नेपाली काङ्ग्रेसका जिल्ला सभापति राजुु थापाले बताउनु भएको छ ।

नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति स्याङ्जाले बुधबार सिरुबारिमा गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष थापाले स्थानीय चुनावका लागि सरकार संचालन दलहरुसंग गठबन्धन हुने बताउनुभयो ।

घर जाउ काङ्ग्रेस जिताउू अभियान अन्तर्गत स्याङ्जाको एक महिने कार्यक्रमको समिक्षा सहित समापनको जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा जिल्ला सभापति थापाले यस्तो धारणा राख्नुभएको हो । उहाँ अब केही दिनमा जिल्लामा गठबन्धनको टुंगो लगाउने जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि तथा केन्द्रिय समितिले दिएको जिम्मेवारी लिएर घर जाउ काङ्ग्रेस जिताउ अभियान लिएर जिल्ला आउनु भएका केन्द्रिय सदस्य तथा युवा नेता प्रदीप पौडेलले पनि स्याङ्जामा गठबन्धन आवश्यक भएको धारणा राख्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय