साधना न्यौपाने
स्याङ्जा,८ बैशाख । सन्सारमै नेपाल एउटा प्राकृतिक सुन्दरताले भरिपुर्ण भएको देश हो । त्यसैमा स्याङ्जाको आधिखोला गाउपालिका वडा न, १ मा रहेको सिरुबारी होमस्टे नेपालकै पहिलो होमस्टे हो । नेपाली काङ्ग्रेसका पुर्ब साम्सद क्याप्टेन रुद्रमान गुरुङले सन २०५४ सालबाट सुरु गरेको यो ठाउँ आफू बसेको घरमानै पाहुना राख्ने ब्यवस्थापन मिलाएर एउटा दुर्गम गाउँलाइ आर्थिक बिकास र चेतनाको बिकास गर्न सकिन्छ भन्ने उदाहरणिय पर्यट्किय गाउँ सिरुबारीमा गुरुङ सस्कृतिमा आधारित रहनसहन खानपिन र ब्याबस्थापन सिरुबारिमा झल्किन्छ । सिरुबारी होमस्टे तथा पर्यटन बिकास समिती एउटा सामुदायिक सस्था हो । यहाँ पाउनाहरुलाइ पन्चेबाजाले भब्य स्वागत गरिछ ।
सिरुबारी एउटा एतिहासिक गाउँ हो यहि सिरुबारी बाट होमस्टे सिकेर अरु ठाउमा पनि धेरै होमस्टे सुरुवात भएको छ । नेपाली काङ्ग्रेसका पुर्ब साम्सद क्याप्टेन रुद्रमान गुरुङको अबधारणा बाट सुरु भएको होमस्टेले गर्दा पुरै नेपाल भरी रहेका ग्रामीण दुर्गम बस्ती पनि आर्थिक अर्थतन्त्रले बलियो बनाउन र बिदेश पलाएन हुन बाट रोकि स्वदेश मै बसेर आफ्नै ठाउको निमित्त लाग्नुपछ भने महत्त्व सिरुबारी होमस्टेको रहेको छ ।
सिरुबारी पहिलो ग्रामीण पर्यटन गाउँ हो । यहाँ गाउलाइ बिकास , रोजगारी ,आयाआर्जन सङ जोडेर कार्य गरिन्छ । त्यसैले देशभर करिब १५०० होमस्टे सन्चालन मा रहेका छन ।४०/४५ घर रहेका गुरुङ हरुको बस्ति जुन ठाउमा नेपाली सेनामा रिटाएर भएर आउनु भएका ब्यक्ति हुनुहुन्छ उहाहरुले आफुले सिकेका कुराहरुलाइ आफ्नै गाउमा प्रयोग गरि धेरै राम्रो काम गर्नु भएको छ । प्रर्सतै ढुंगाको खानी भएको यो ठाउँ हो यहाँ स्थानीय मौलिक उत्पादन मा ढुङ्गा रहेको छ ढुङ्गा कै गेट, ढुङ्गा कै घर ,ढुङ्गा कै बाटो बनेको छ अत्यन्तै सफा ,एकताको भाब बोकेको ठाउँ मा पाउनाहरुलाइ गाउमा आउदा पन्चेबाजा,आमासमुह ,युवाक्लब,तथा पर्यटन समितिद्वारा गाउँ नजिकैको बाटोमा फुलमाला लगाउदै स्वागत सत्कार गरिन्छ । पाउना हरुलाइ घर हरुमा बाडफाड गरि बाँस बसाइन्छ ।