कालीगण्डकी गाउँपालिका ४ नम्बर वडाका अध्यक्ष द्वारा सवारीसाधन फिर्ता

२०७९ बैशाख ९, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा,९ बैशाख । कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष चक्रपाणी पाण्डेले आफुले प्रयोग गर्दै आएको सवारीसाधन फिर्ता गर्नु भएको छ ।

२०७४ को स्थानीय निर्वाचनमा कालीगण्डकी गाउँपालिका वडा नं ४ मा नेपाली काँग्रेसका उम्मेदवार चक्रपाणी पाण्डे बिजय हुनुभएको थियो । वडा अध्यक्षमा निर्वाचित भएपछि गाउँपालिकाले उपलब्ध गराएको लु १ ब १०९१ नम्बरको मोटरसाइकल पाण्डेले शुक्रबार गाउँपालिकाका प्रशासकीय अधिकृतलाइ बिलबुक र चावी हस्तान्तरण गर्नुभएको हो ।

स्थानीय चुनावको मिति नजिकिदै जादा सरकारी साधनको दुरुपयोग नहोस् भनेर सवारीसाधन हस्तान्तरण गरिएको पाण्डेले बताउनुभयो ।२०७४ सालको स्थानीय चुनावमा कालीगण्डकी गाउँपालिका वडा नं ४ मा नेपाली काँग्रेसका चक्रपाणी पाण्डेले ७५४ मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्धन्दी नेपाली कम्युनिष्ट पार्टी (एमाले) का नारायणप्रसाद पाण्डेयले ५००, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गणेशप्रसाद पाण्डेले १५१ र स्वतन्त्रका लोकनाथ पाण्डेयले २३ मत ल्याउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय