स्याङ्जाका पालिका प्रमुखको काङ्ग्रेसले छ वटा गाउपालिका टुङ्गो लगायो (नामावली सहित)

२०७९ बैशाख ११, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा ११ बैशाख । बैशाख ३० गते हुन लागेको निर्वाचन का लागि स्याङ्जामा काङ्ग्रेसले आफ्ना उमेदवारहरुको टुङ्गो लगाएको छ ।स्याङ्जा जिल्ला कार्यालय समितिको हिजो बसेको बैठकले स्याङ्जामा छ वटा गाउपालिकामा उमेदवारिको टुङ्गो लगाएको हो ।

नेपाली काङ्ग्रेस स्याङ्जा जिल्लाका प्रवक्ता भरत लम्सारले दिएको जानकारि अनुसार कालिगण्डकि गाउपालिकामा अध्यक्ष माया रानालाइ दिएको छ भने उपाध्यक्षमा गठबन्धनलाई दिनेगरि टुङ्गो लगाएको छ।   आधिखोला गाउपालिकामा अध्यक्ष प्रेम पौडेल र उपाध्यक्षमा गठबन्धन लाई दिनेगरि टुङ्गो लगाएको छ । हरिनास गाउपालिकामा अध्यक्ष टोपबहादुर भोर्जेल ,उपाध्यक्षमा गठबन्धनलाई दिनेगरि टुङ्गो लगाएको छ ।फेदिखोला गाउपालिकामा अध्यक्ष मा लक्ष्मि प्रसाद बराल ,उपाध्यक्षमा गठबन्धनलाई दिनेगरि टुङ्गो लगाएको छ।  बिरुवा गाउपालिकामा अध्यक्ष टोपराज पोख्रेल , उपाध्यक्षमा गठबन्धन लाई दिनेगरि टुङ्गो लगाएको छ ।  अर्जुन चौपारि गाउपालिकामा भने अहिलेसम्म टुङ्गो नलागेको प्रवता लम्सारले हेर्ने कुरा अनलाइनलाई जानकारि दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय