गण्डकी प्रदेश काङ्ग्रेसको बैठक स्थगित, टिकट वितरणमा अन्योल सिर्जना

२०७९ बैशाख ११, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पोखरा, ११ बैशाख । गण्डकी प्रदेश भित्रका नगरपालिकाको टिकट टुङ्गो लगाउन बसेको नेपाली काङ्ग्रेस गण्डकी प्रदेशको बैठक स्थगित भएको छ ।

पोखराको कुटि रिसोर्टमा हिजोदेखी टिकट वितरणमा केन्द्रित बैठक भोलि बिहान ७ बजेसम्मका लागि स्थगित भएको नेपाली काङ्ग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधव प्रसाद बास्तोलाले हेर्ने कुरा अनलाइनलाई जानकारी दिनुभयो ।

बाग्लुङ र पर्वत जिल्लाबाट केही डकुमेन्ट आउन बाकी रहेको हुँदा बैठक स्थगित भएको प्रवक्ता बास्तोलाले बताउनुभयो । डकुमेन्ट राती आएको खण्डमा बैठक राती पनि बस्न सक्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय